काठमाडौं, २० जेठ । साना लगानीमा रहेका निजी विद्यालयको संस्था ‘संस्थागत विद्यालय सङ्घ नेपाल’ (इसान) ले भूकम्पपीडित ३०० विद्यार्थीलाई निःशुल्क पढाउने भएको छ ।
इसानले आफ्ना सदस्य विद्यालयमा कम्तीमा १० विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था गरी सो निर्णय गरेको संस्थाका अध्यक्ष बालमुकुन्द कार्कीले जानकारी दिए । संस्थामा ५२ विद्यालय सदस्य छन् ।
उनले पीडित विद्यार्थीलाई कक्षा १० सम्म निःशुल्क पढाउन आफूहरु तयार रहेको बताए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले ठूला विद्यालयको मात्रै हितका कुरा गरेको ठानी केही वर्ष पहिले इसानको स्थापना भएको हो ।
प्रतिक्रिया