द्वन्द्वका कारण खानेपानीबाट वञ्चितः अक्सफाम

Yamanसाना, १३ जेठ । यमनका लाखौँ लाख नागरिकले द्वन्द्वसँगै खानेपानीको पनि समस्या भोग्न बाध्य भएका छन् । उनीहरुले स्वस्थ र स्वच्छ खानेपानीको अभाव झेलिरहेका छन् ।

यमनको जनसङ्ख्याको कम्तीमा पनि दुई तिहाइ जनसङ्ख्याले अहिले पनि खानेपानीको समस्या झेल्न बाध्य भएका अधिकारीहरुले जनाएका छन् ।

गएको दुई महिनादेखि त्यहाँ साउदी अरेबियाको नेतृत्वमा हवाई आक्रमण जारी रहेको छ । यसका कारण पनि त्यहाँका नागरिक खानेपानीबाट वञ्चित बन्ने गरेका छन् ।

अक्सफाम नामक एक संस्थाले दिएको जानकारीअनुसार यमनका करिब एक करोड साठी लाख जनसङ्ख्याले यस्तो शुद्ध खानेपानीका साथै चर्पीको समस्या भोग्नु परेको बताएको छ ।

अक्सफामका यमनी निर्देशक ग्रास ओमरले एक विज्ञप्ति प्रकाशन गरी दिएको जानकारी अनुसार यमनमा निकै ठूलो सङ्ख्याका नागरिक खानेपानीको समस्यामा परिरहका छन् ।

हुथी विद्रोही र यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहका समर्थक लडाकू विरुद्ध साउदी अरेबियाको नेतृत्वमा गत मार्च २६ बाट हवाई आक्रमण सुरु भएको थियो ।

हवाई आक्रमण यमनका राष्ट्रपति आबेदराब्बो मन्सुउर हादीलाई पुनः फर्काउने प्रयासमा जारी रहेको बताइएको छ ।

विद्रोहीहरु यमनको राजधानीमा गत सेप्टेबरदेखि नै अतिक्रमण गर्नुको साथै र यमनका राष्ट्रपति हादीलाई कब्जामा लिएका थिए ।

हादीपछि भागेर साउदी अरेबियाको शरणमा जानुभएको थियो । हादीको अनुरोधमा साउदी अरेबियाले हुथी विद्रोही र यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहका समर्थक लडाकू विरुद्ध हवाई आक्रमण सुरु गरेको थियो ।

प्रतिक्रिया