काठमाडौं । नर्वे वादोरियो करातेका प्रमुख प्रशिक्षक कजार्टन स्टोर्नसहितको पाँच सदस्यीय टोली काठमाडौं आएको छ । स्टोर्नसहित नर्वे वादारियो कराते प्रशिक्षक मारियस, भाइकिङ, जोनोग भाइकिङ र जोनसहित पाँच सदस्यीय टोली तेस्रो वादो अन्तर्राष्ट्रिय कराते तालिममा सहभागीलाई प्रशिक्षण दिन काठमाडौं आएको हो ।
नेपाल वादोरियो कराते डो संघको आयोजनामा तालिम आइतबारदेखि वसुन्धारामा सुरु भएको छ । ६ दिने तालिममा ९५ जनाको सहभागिता रहेको आयोजक संघका प्रमुख प्रशिक्षक एवं नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले जनाएका छन् ।
नर्वेबाट आएको प्रशिक्षक टोलीलाई केसीसहित आयोजक संघका उपाध्यक्ष तेजेन्द्र गुरुङ र पदाधिकारी, दक्षिण एसियाली वादोरियो कराते च्याम्पियनसिपमा स्वर्ण विजेता सिमोन खत्री, प्रशिक्षक, खेलाडीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । (सौस)
प्रतिक्रिया