भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका चिनियाँ समकक्षी जि जिन पिङ औपचारिक भेटवार्ताबाहेक फोनमा समेत व्यस्त रहन्छन् । मोदीको बुझाइमा जि फरक देशका भए पनि उनी विजनेशका लागि उपयुक्त व्यक्ति हुन् । जि जिनको आँखा अहिले भारतमा छ र यसको प्रमुख कारण आर्थिक पक्ष हो ।
जि पिङले चीनको अर्थतन्त्रलाई बढावा दिने महत्वाकांक्षी योजना बनाएका छन् । चीनको बढ्दो अर्थतन्त्रलाई खस्कनबाट जोेगाउनुपर्ने चुनौतिसमेत उनीमाथि छ । चीनको स्टिल, सिमेन्ट र अन्य बस्तुको उत्पादनका लागि उनी वैकल्पिक विदेशी बजारको खोजीमा छन् । चीनका लागि दक्षिण एसिया उपयुक्त बजार हुनसक्छ ।
जिन पिङ भारतसँगको सम्बन्ध सुधार्न चाहन्छन् । यसैकारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई चीन सरकारले विशेष महत्वका साथ जियान प्रान्तमा भव्य स्वागत ग¥यो । पाँच घन्टासम्म दुई देशका राष्ट्रप्रमुख छलफलमा व्यस्त रहे । उनीहरूले डेसियन मन्दिर र वाइल्ड घोष प्यागोडासमेत भ्रमण गरे । भारतका बुद्ध धर्मावलम्बी तथा हिन्दूसमेतका लागि यो स्थान तीर्थस्थल बन्दै आएको छ । गत वर्ष जिन पिङले यसरी नै मोदीको गृहनगर गुजरातको भ्रमण गरेका थिए ।
बेइजिङमा चिनियाँ प्रधानमन्त्री पिङले मोदीका लागि विशेष स्वागत समारोह आयोजना गरे । दुई नेताले सँगै बसेर एक दिन बिताए र सेल्फीसमेत खिचाएर ट्वीटरमा अपलोड गर्न भ्याए, जसलाई अहिले विश्वकै सर्वाधिक शक्तिशाली सेल्फी मानिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनीसँग चीन भ्रमणको अन्तिम दिन गरेको २२ बिलियन अमेरिकी डलरबराबरको सम्झौता दुई देशबीचको आर्थिक सम्बन्ध सुधारमा कोशेढुंगा सावित हुने अनुमान लगाइएको छ । उद्योगको विस्तार, वैकल्पिक ऊर्जाको नवीकरण तथा वित्तीय क्षेत्रमा केन्द्रित यस सम्भौतापछि भारत र चीनबीचको व्यापार सम्बन्ध थप सुमधुर हुने बुझिएको छ । ‘हामी दुवैको इच्छालाई ध्यानमा राखेर एकसाथ काम गरौँ । भारत व्यापारका लागि तयार छ,’ सम्झौताका दौरान मोदीले भनेका छन् ।
त्यसअघि शुक्रबार ६ दशमलब ३ विलियन डलरबराबरको शैक्षिक, रेल्वे तथा विज्ञान–आविष्कार सम्झौतामा दुई देशका राष्ट्रप्रमुखले हस्ताक्षर गरेका थिए । यसबाहेक दुई देशको सीमाक्षेत्र चीन र भारत दुवैका लागि महत्वपूर्ण सावित हुँदै आएको छ । सन् १९८५ पछि मोदी र जिन पिङबीच दुई देशको सीमाक्षेत्रका विषयमा धेरै छलफल भएको छ । शुक्रबार चिनियाँ नेता लि कि क्युवाङ र मोदीबीच विवादित सीमाक्षेत्रका समस्या समाधान गर्न वार्ता भएको थियो । यस अघिसम्म सन् १९१४ मा बेलायती अधिकारीहरूले तिब्बतसँग गरेको सीमा सम्झौतालाई चिनियाँ सरकारले अस्वीकार गर्दै आएको छ ।
दुवै देशले सीमा क्षेत्रमा पर्ने कतिपय भू–भागलाई आ–आफ्नो दाबी गर्दै आएका छन् । दुई देशबीच विशेष गरी अरुणाञ्चल प्रदेशलाई लिएर विवाद कायम छ । सीमासम्बन्धी छलफलपछि भारतीय प्र्रधानमन्त्री मोदीले दुई देशबीचको सीमा विवाद दुवैलाई स्वीकार्य हुनेगरी समाधान गर्न चिनियाँ पक्ष सकारात्मक रहेको बताएका छन् । यसैबीच चिनियाँ नेता लीले दुई देशबीच थुप्र्रै समानता रहेका कारण असमानताहरू चिर्दै एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।
यसअघि दसकौँदेखि चीन र भारतबीच सीमा विवाद रहँदै आएको थियो । दुई देशबीचको व्यापारले बाँकी सबै विवादलाई समाधान गर्न सक्ने विश्लेषकहरूले बताएका छन् । भारत र चीन अझै पनि सहकार्यका लागि पूर्ण तयार भने छैनन् । दुई देशबीचको पुरानो सीमा विवादका कारण तनाव कायम रहेको विश्लेषकहरूको भनाइ छ । तर, सबै विवाद चिर्दै सहकार्यका साथ अघि बढ्न यसपटक दुई देशका शीर्ष नेताहरूले ठूलो भूमिका खेलेका छन् । चिनियाँ राष्ट्रपति जिन पिङले दुई देशबीचको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
चीन भ्रमणका क्रममा मोदीले यसो भने–
भारत र चीनबीच पाँच हजार वर्ष पहिलेदेखिको सम्बन्ध छ । तीन हजार किलोमिटरभन्दा बढी क्षेत्र दुई देशको साझा छ ।
चीन र भारत विश्वका दुई पुराना सभ्यता हुन् । दुई देशको जनसंख्या विश्वको एक तिहाइभन्दा बढी छ । त्यसैले अबको शताब्दी एसियाको हो ।
हाम्रो बुद्धिले तपाईंहरूको आविस्कारमा भूमिका खेलेको छ । हामीसँग धेरै साझा कुरा छन् । मिलेर हामी निकै अघि बढ्न सक्छौँ ।
भारतको जिरो तथा नौ प्लानेट योजनामा चीनको आविस्कारको भूमिका ठूलो हुनसक्छ ।
हाम्रा सिमानाबाट अहिले पनि ज्ञानको आँधी बगिरहेको छ । भारतीय समाज ज्ञानको समाज हो भने चीनको समाज आविस्कारको समाज हो ।
हामीले एक अर्कालाई आध्यात्मिक तवरबाट अघि बढ्न सहयोग गरेका छौँ । अब आर्थिक तवरबाट अघि बढ्न सहयोग आवश्यक छ ।
भारतमा विकासका सम्भावना देखिएका छन् । भौतिक विकास ठूलो मात्रामा हुनेछ ।
हामीले सहरहरूलाई औद्योगिक कोरिडोरका रूपमा विकास गर्दैछौँ । रेल्वेलाई आधुनिकीकरण गर्दै ५० भन्दा धेरै सहरमा मेट्रो पु¥याउने योजनामा छौँ ।
हाम्र्रो जनसंख्याको ६५ प्र्रतिशत हिस्सा ओगट्ने युवा समुदायका लागि रोजगारीका अवसर सिर्जना गर्दैछाँै ।
तपार्इंहरू भारतमा लगानी गर्नुहोस् । हामी तपार्इंहरूका लागि सक्दो सहज वातावरण सिर्जना गर्नेछौँ ।
भारतमा आविस्कार, अनुसन्धान, विकास र उद्योगलाई प्रवद्र्ध्रन गर्ने मेरो सरकारको लक्ष्य हो । हामीले व्यवसायका लागि राम्रोभन्दा राम्रो अवस्था सिर्जना गर्दैछौँ ।
छोटो समयमै हामीले संसद्मा सिएसटी बिल पास गराएका छौँ ।
तपार्इंहरू विश्वका लागि फ्याक्ट्री हुनुहुन्छ । हामी विश्वको व्याक अफिस हौँ । हामीले हातेमालो गर्दा दुवै देशका नागरिकले विकास र समृद्धि अनुभव गर्नेछन् ।
प्रतिक्रिया