यमनमा एकसय २० बालबालिका मारिए

जेनेभा, ३ जेठ । यमनमा भएका पछिल्ला हिंसाहरुमा परी कम्तीमा पनि १२० जना बालबालिकाको ज्यान गएको छ ।

संयुक्त राष्ट्रसङ्घीय अधिकारीहरुले हालैमात्र सार्वजनिक गरेको तथ्याङ्कमा सो कुरा जनाइएको छ ।

यमनमा केही महिनायतादेखि हिंसा जारी रहेको छ । सो हिंसामा परी सयौं व्यक्तिको ज्यान पनि गएको छ ।

सो हिंसामा परी बालबालिका पनि धेरै सङ्ख्यामा मारिएका समाचारमा जनाइएको छ । साथै त्यसमा करिब १७२ जना बालबालिका नराम्ररी घाइते भएका छन् ।

साउदी अरेबियाको नेतृत्वमा भएका हमलाहरुमा परी ती बालबालिका मारिएका हुन् ।

हालैमात्र साउदी सेनाले त्यहाँ आक्रमण रोकेको भए पनि अधिकारीहरुले हिंसा कायमै रहेको जनाएका छन्

संयुक्त राष्ट्रसङ्घीय बालकोषले सो बारेमा जानकारी दिएकोे हो ।

उक्त कार्यालयका अनुसार गएको मार्च २६ तारिखदेखि यमनमा साउदी अरेबिया नेतृत्वको आक्रमण जारी रहेकोले अन्य सयौँ व्यक्ति मारिएका छन् ।

राष्ट्रसङ्घीय बालकोषका प्रवक्ता क्रिस्टोफ बुलिरेकले सो जानकारी दिए । उनले तथ्याङ्क यो भन्दा पनि बढी हुनसक्ने पनि बताए ।

प्रतिक्रिया