एन्फाद्वारा दुई जिल्लामा राहत

ANFA-with-CDO-of-Kavre-Sudaकाठमाडौं, ३ जेठ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले भूकम्पपीडितका लागि आधिकारिक रूपमा राहत वितरण कार्य थालेको छ ।
एन्फाका पदाधिकारी गत वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पले प्रभावित भएका जिल्लामा राहत वितरणको कार्य थालेको हो । एन्फाले काठमाडौंबाट नजिकै रहेको भक्तपुर र काभ्रेमा शनिबार भूकम्प पीडितका लागि राहत वितरण कार्य थालेको हो । दुवै जिल्लामा जिल्लाका फुटबल संघहरूको समन्वयमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुर र काभ्रेका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकाललाई एन्फाका अध्यक्ष गणेश थापा, कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठलगायतले समान एक सय ५० थान त्रिपाल र झुल हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष तथा सभासद् गणेश थापाले नेपाल सरकारले भूकम्पबाट अति प्रभावित भनेर घोषणा गरेको सबै १४ जिल्लामा एन्फाले राहत सामग्री पुर्‍याउने लक्ष्य रहेको बताए । ‘हामी राहत वितरणमा केही ढिला भयौँ ।’ एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले भने, ‘राहतका लागि आवश्यक फन्ट जम्मा गर्दा केही ढिलो हुन पुगेको हो । अब यसले निरन्तरता पाउँछ ।’ हामी छिट्टै नै अर्काे चरणमा अति प्रभावित सिन्धुपाल्चोक र दोलखामा राहत वितरणमा जानेछौँ । आगामी मे २८–२९ मा हुने फिफाको कंग्रेस बैठकमा एन्फाले भूकम्प प्रभावित क्षेत्रमा सहयोगका लागि फिफालाई आग्रह गर्ने संघका कार्यवाहक अध्यक्ष श्रेष्ठले बताए ।
राहत वितरणमा सरकारको एकद्वार प्रणालीलाई सहयोग पुर्‍याउन प्रजिअमार्पत राहत दिइएको संघका अध्यक्ष थापाले बताए । जिल्लाका दुवै जिल्लाका प्रजिअले प्राप्त भएको राहत सामग्री आवश्यक रहेको ठाउँमा मात्र वितरण गरिने बताए । यस्तै एन्फाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा पनि चाँडै नै राहत रकम उपलब्ध गराउने बताएको छ ।
राहत सामग्री वितरण कार्यक्रममा एन्फाका पदाधिकारी र पूर्वराष्टिय फुटबलका कप्तानको समेत उपस्थिति रहेको थियो ।
पूर्वकप्तान सिंहद्वारा राहतमा निरन्तरता
upendraकाठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा सफल गोलरक्षक हुन् उपेन्द्रमान सिंह ।
उनी अहिले अखिल नेपाल फुटबल संघ(एन्फा)को ग्रास रुटको प्रमुख पनि हुन् । यस्तै उनी मध्यपुर युथ एसोसिएसनका सस्ंथापक प्रशिक्षक पनि हुन् ।
गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पको मारमा छ । आपूm बसेको घरमा भूकम्पले क्षति नपु¥याए पनि सिंह अहिले भूकम्पले घरवारविहीन भएका भूकम्प पीडितलाई राहत वितरणमा सक्रिय रूपमा लागि परेका छन् ।
विनाशकारी भूकम्पले मानवीय क्षति कम भए पनि भौतिक संरचना पूर्णरूपमा ध्वस्त भएको भक्तपुर जिल्लामा उनी राहत वितरणमा सक्रिय छन् । ‘अहिले सबै भूकम्पको त्रासले सम्पूर्ण नेपाली पालमा बस्न बाध्य बनिरहेका छन् । विपत् परेको बेला त हो सहयोग गर्ने ।’ पूर्वगोलरक्षक सिंहले भने, ‘यतिबेला सहयोगी हात अघि नबढाए कहिले बढाउने । त्यही भएर हामीले भूकम्पपीडितलाई केही भए पनि राहत महुसुस होस् भनेर केही सानो प्रयास गरेका हौँ ।’
हामीले विशेष गरी भक्तपुर जिल्लामा केन्द्रित भएर राहत वितरण गरेका छौँ । ‘हामी अहिले बढी प्रभावित ठाउँमा केन्द्रित छौँ ।’ यसबाहेक हामी भूकम्पले बढी प्रभावित भएको जिल्ला
(सिन्धुपाल्चोक र काभ्रे) मा क्याम्प नै राखेर पीडितलाई त्रिपालसहित राहत वितरण गरिरहेका छौँ । सिंहले स्थानीय मर्से कोरपोस संस्थाको साझेदारीमा तथा नेपाल आर्मीको सहयोगमा राहतका कार्यक्रम अघि बढाएको उनले थपे । नेपाल आमीसँग सहकार्यमा राहत वितरण गर्दा एकदमै सहज भएको पनि थपे ।
भूकम्प गएको तेस्रो दिन १४ गतेबाट नै सबैभन्दा प्रभावित बनेको भक्तपुरको निकोसेरा भन्ने ठाँउमा हामीले राहत वितरण सुरु गरेको र निरन्तर यसै कार्यमा सक्रिय रहेको उनले बताए ।
‘निको सेरामा एक सय पाँच घरपरिवारलाई त्रिपालसहित खाद्यान्नसामग्री वितरण गर्‍यौँ । अभैपनि हाम्रो सहयोग जारी छ,’ उनले भने । यस्तै सिंहले महिलाहरूको अत्यावश्यक सेनेटरी प्याड पनि वितरण गरिएको बताए । २९ गते गएको अर्काे भूकम्पले पनि झनै सम्पूर्ण नेपालीमा त्रास पैलिएको छ । ‘सबै पीडितले राहत त पाए । अबको मुख्य चुनौति भनेको वर्षायाममा कसरी बच्ने भन्ने पीडितको गुनासो छ ।’ उनले भने, ‘त्यसैलाई मध्यनजर राख्दै विभिन्न संघसस्ंथाको सहयोग लिई पीडितलाई नयाँ प्याकेजमा स्थायी बसोबासका लागि आवश्यक तयारी गरिरहेका छौँ ।’ सम्भवतः अबको एक÷दुई दिनभित्रमा यो कार्य थाल्नेछौँ ।
विनाशकारी भूकम्पले नेपाली खेलकुद क्षेत्रलाई पनि ठूलो क्षति पु¥याएको उनले बताए । ‘६ खेलाडी त भूकम्पमा परी निधन भयो ।’ यो नेपाली खेलकुदमा पुगेको ठूलो क्षति हो । नेपालको एक मात्र दशरथ रंगशाला पनि क्षतिग्रस्त हुँदा खेलाडीले नियमित प्रशिक्षण गर्ने मौका पाएका छैनन् ।’ सिंहले भने, ‘यसले नेपाली खेलक्षेत्र नै पछि पर्नेछ ।
सुधारमा ल्याउन पक्कै पनि केही महिना लाग्नेछ ।’ भूकम्पले एन्फाको यु–१४ र यु–१६ को अन्तिम चरणको छनोट पनि प्रभावित भएको प्रशिक्षक सिंहले बताए । मंगलबार आएको अर्काे ठूलो भूकम्पका कारण आगामी शनिबारबाट यु–१४ र यु–१६ को अन्तिम छनोट गराउने तयारी पनि प्रभावित बनेको जानकारी उनले दिए । ‘अब कहिले हुने भन्ने टुंगो नै छैन ।’ (सौस)

प्रतिक्रिया