मेलबर्न, २ जेठ । क्रिकेट बल लागेर निधन भएका अस्ट्रेलियाका ब्याट्सम्यान फिलिप ह्युजको निधनबारे जाँच हुने भएको छ । ह्युजको निधन भएको ६ महिनापछि मृत्युबारे समीक्षा जाँच गरिने भएको छ । सिड्नी क्रिकेट ग्राउन्डमा न्यु साउथ वेल्सबाट खेल्ने क्रममा सिन एबडको बाउन्सर बल लागेर २७ नोभेम्बरमा निधन भएको होे ।
मेलबर्नका वकिल डेबिड कर्टेनले उनको निधनसम्बन्धी जाँच गर्नेछन् । यसको उद्देश्य कसैमाथि आरोप लगाउने भन्ने होइन । यसअन्तर्गत सामन्य रूपमा ह्युजको मृत्युको कारण र पस्थितिबारे अध्ययन गरिनेछ ।
यस्तै, भविष्यमा यस्ता खालका घटना दोहोरिन नदिने उद्देश्यले घटना समीक्षा गर्न लागिएको सुथरल्यान्डले बताए । समीक्षा जाँचको निष्कर्ष यसै वर्षको अन्त्यतिर आउने अनुमान छ । जाँचका लागि ह्युजको परिवारको पनि सहयोग रहेको सुथरल्यान्डले जानकारी दिए ।
साथै खेलको क्रममा शरीरको अति सम्वेदनशील क्षेत्र टाउको र मुटुलाई सुरक्षा गर्ने खालका कस्ता सामग्री प्रयोग गर्न सकिन्छ भन्नेबारे पनि
अध्यन गरिनेछ ।
प्रतिक्रिया