काठमाडौं । आयोजक चण्डेश्वरी युवा क्लब र कलाकार टिम काठमाडौं तेस्रो चण्डेश्वरी रनिङ कप खुला महिला भलिबल प्रतियोगितामा सोमबार भएको खेलबाट सफलता हात पार्दै उपाधिनजिक पुगेका छन् ।
रामेछापको रस्नालु गाविसस्थित गोकुल गंगा उमाविको कोर्टमा भएको दोस्रो दिनको सेमिफाइनल खेलमा आयोजक चण्डेश्वरी युवा क्लबले गोकुल गंगा उमाविलाई ३–० को सोझो सेटामा पराजित ग¥यो । आयोजकले उत्कृष्ट प्रदर्शन गर्दै २५–१३,२५–११ र २५–१२ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । आयोजकले यसअघि लिग चरणका तीनै खेल जितेर ९ अंक जोड्दै समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । समूह ‘ख’ बाट अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको काठमाडौंको कलाकार टिमले हनुमन्तेश्वर उमावि दोलखालाई ३–० को सोझो सेटामा पराजित गर्दा २५–१२,२५–७ र २५–१२ ले सेट जितेको थियो । पहिलो सेमिफाइनलमा गोकुल गंगा उमाविकी विमला सुनुवार र दोस्रो सेमिफाइनलमा हनुमन्तेश्वर उमावि दोलखाकी सविता घिसिङ वुमन अफ द म्याच चुनिए । (सौस)
प्रतिक्रिया