कोलोम्बियामा हेलिकोप्टर दुर्घटना, चार सैनिकको मृत्यु

Colambiya Helicoptarबोगोटा, २८ वैशाख । कोलोम्बियाको मध्ये भागमा पर्ने उरिबे क्षेत्रमा आइतबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी चार कोलोम्बियाली सैनिकको ज्यान गएको सैनिक स्रोतले जानकारी दिएको छ ।

अमेरिकामा बनेको सो हेलिकोप्टर स्थानीय समयाअनुसार आइतबार अपराह्न २ बजे दुर्घटना भएको सैनिकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको हो ।

हेलिकोप्टरमा प्राविधिक कठिनाइ आएपछि दुर्घटना भएको अनुमान गरिएको छ ।

सैनिकद्वारा प्रकाशित दुर्घटनासम्बन्धी विज्ञप्तिमा हेलिकोप्टर दुर्घटनमा ज्यान गुमाउने ती सैनिकको सङ्ख्या चार रहेको भन्दै उनीहरुका परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा विमान चालकसहित चार जना रहेका थिए । उक्त दुर्घटनामा घाइते भएका अन्य दुईजना उपचारार्थ अस्पताल लगिएको जनाइएको छ ।

प्रतिक्रिया