पेरिस, १० वैशाख । पछिल्ला महिनाहरूमा फ्रान्समा योजना बुनिएका पाँच आतंककारी आक्रमण विफल भएको जनाइएको छ । फ्रान्सका प्रधानमन्त्री म्यानुएल भाल्सले बिहीबार यस्तो जानकारी दिएका हुन् । एक रेडियो समाचार सेवालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री भाल्सले सो कुरा बताएका हुन् ।
फ्रान्सको राजधानी पेरिसमा अवस्थित एक चर्च नजिकै योजना गरिएको आतंककारी आक्रमणमा संलग्न रहेको आशंकामा अल्जेरियाली मूलको एक फ्रान्सेली २४ वर्षीय विद्यार्थीलाई अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरिएको प्रधानमन्त्रीले जानकारी दिए ।
प्रहरीको पक्राउपछि आफ्नो योजनाको खुलासा भएको डरले आक्रमणको योजनामा संलग्न २४ वर्षीय विद्यार्थीले आफैंमाथि गोली प्रहार गरी आत्महत्या गरेकी थिइन् । चार महिनाअघि फ्रान्समा भएको जिहादी आक्रमणमा परी १७ व्यक्तिको मृत्यु भएको थियो । इराक र सिरियामा जिहादी लडाकु समूहसँग सयौँ फ्रासेली नागरिक सहभागी भएका छन् । फ्रान्सको माथिल्लो सदन (सिनेट) ले हालै प्रकाशित गरेको एक प्रतिवेदनअनुसार इराक र सिरियामा जारी रहेको जिहादी लडाकु समूहमा करिब आधा युरोपियन नागरिक रहेका छन् ।
प्रतिक्रिया