ग्रिसका सहायक रक्षामन्त्री कोस्टास इसिचोसले युरोप छिर्न खोज्ने आप्रवासीका सम्बन्धमा अन्य राष्ट्रहरूले जिम्मेवारी लिनुपर्ने बताएका छन् । लिबियामा देखिएको पछिल्लो समस्यापछि मेडिटेरानियन समुद्र हुँदै युरोप छिर्न खोज्नेमाथि शक्तिशाली राष्ट्रहरूले ध्यान दिनुपर्ने उनले बताए । उनले बिहीबार युरोपेली युनियनको सम्मेलनअघि स्पेन, इटाली र ग्रिसले यससम्बन्धी छलफल गर्ने बताए । बुधबार बिहान मात्रै पाँच सयभन्दा धेरैलाई उद्धार गरेर इटालीको सीमाक्षेत्रमा ल्याइएको थियो । मध्यपूर्व तथा अफ्रिकामा युद्धका कारण गरिबी बढेपछि सुरक्षा र सम्पत्ति खोज्दै युरोप आउनेको संख्या बढ्दो छ । सिरिया, लिबियालगायत देशबाट बसाइ सरेर आउनेहरू दुर्घटनामा पर्ने गरेका छन् । गतवर्षको तुलनामा यसवर्ष अहिलेसम्म मात्रै तीसगुणा बढी संख्यामा आप्रवासीहरू युरोप छिर्ने क्रममा छन् ।
युरोप छिर्ने आप्रवासीको अनुभव
मसँगै रहेका एक बालक अचानक झरे । उनको मृत्य भएको हो वा उनी केवल बेहोस मात्रै भएका हुन् भन्ने टुंगो लागेन । उनले छालहरू भने देख्न पाएनन् । गर्भवती महिला वान्ता गर्दै थिइन् । डुंगामा सवार व्यक्तिहरू सास फेर्न नपाएको भन्दै चिच्याइरहेका थिए । त्यसैबेला हामीले उद्धारका लागि आएको हेलिकोप्टर भेट्टायौँ । दुई दिनपछि हामी दुई सय ५० यात्रुसहित लिबिया फर्कियौँ, धेरैजनाको मृत्यु भइसकेको थियो । समुद्रको छालसँग पौँठेजोरी खेल्दै दुःखित अवस्थामा हामी फर्कियौँ । घटनाको झन्डै चार वर्षपछि मैले फेरि दलाललाई पैसा खुवाएर युरोप यात्रा गरेँ ।
सन् २०११ मा अरब आन्दोलन सुरु भएपछि मेडिटेरानियन हुँदै युरोप आउने हजारौँमध्ये म एक हुँ । अहिले यो सीमाक्षेत्रलाई विश्वकै सबैभन्दा खतरनाक सीमाक्षेत्र मानिएको छ । धेरैजसो व्यक्ति युरोपमा राम्रो जीवन जिउने आशाका साथ ज्यान धरापमा राख्छन् । केहीले युद्धग्रस्त देशबाट छुटकारा पाउन चाहन्छन् । तर, सबैसामु अरू कुनै विकल्प छैन । म नाइजेरियाको नागरिक हुँ र मैले युरोप आउनुअघि पाँच वर्ष लिबियामा बिताएँ । लिबियामा आन्दोलन सुरु हुनअघि मेरो जीवन सहज ढंगबाट चलेको थियो । मैले लुगा सिलाउने काम गरे र घरमा पर्याप्त पैसासमेत पठाएको थिएँ । तर, युद्ध सुरु भएपछि हामीजस्ता काला मानिसलाई जीउन निकै कठिन भयो । हामी कमजोर भयौँ, धेरैजसो युवासँग हतियार थियो र उनीहरू पैसा भएकाहरूलाई लुट्न आउँथे । समूहमा आएका सरकारी तथा आन्दोलनकारी दुवै पक्षलाई सहयोग गर्नुपर्ने बाध्यता थियो । उनीहरूमध्ये एकलाई सहयोग गर्दा अर्कोले ज्यानै लिनसक्ने थप खतरा ।
दक्षिणतर्पmको बाटो बन्द भएका कारण म नाइजेरिया जानसक्ने अवस्थामा थिइनँ । मैले ट्रिपोलीमा भेटेका केही मानिसले मलाई इटली पु¥याइदिने बताए । उनीहरूले सहर बाहिर समुन्द्री किनारमा लगे, जहाँ डुंगाको प्रतीक्षामा मजस्ता सयौँ यात्रु बसेका थिए । कोही सिरिया, कोही अल्जेरिया र कोही इजिप्टबाट थिए । धेरैजसो पश्चिम तथा पूर्व अफ्रिकाका व्यक्तिहरू थिए । भिडमा बलाबच्चा बोकेका महिला र पुरै परिवार समेत थिए । युरोप आउनका लागि निश्चित रकम थिएन । दलालसँग गरेको बार्गेनिङका आधारमा मूल्य तय गरिएको थियो । मैले झन्डै २ सय ५० पाउन्ड खर्च गरेँ, जुन एक साताको तलब थियो । दलालहरूले पुरानो माछा मार्ने डुंगा ल्याएका थिए । केही डुंगा प्रयोगमा नआएको लामोसमय भइसकेको जस्तो देखिन्थ्यो । डुंगामा नयाँ इन्जिन हालिएको थियो । तर, डुंगाको क्याप्टेन आपैलाई इटली कहाँ छ भन्ने थाहा थिएन । डुंगा चल्दै गर्दा हामीलाई इन्जिन बन्द होला भन्ने चिन्ताले सताएको थियो । तर, हामीले तत्कालै केही महसूस ग¥यौँ भने इन्जिनभन्दा छाल ठूलो समस्या हो । ठूलो छालले हिकार्उने बित्तिकै डुंगा हल्लिन थाल्थ्यो । त्यसक्रममा मैले आपूm मरेको महसुस गरेँ । यो सन् २०११ को घटना थियो । यस्तै घटनाको प्रतीक्षामा अहिले लिबियाको तटीय क्षेत्रमा थुप्रै व्यक्ति छन् ।
जब मैले मेडिटेरानियनमा सहयोग नगर्ने बेलायतका राजनीतिज्ञको भनाइ सुनेँ, त्यतिबेला मलाई लागेको थियो यो केवल एउटा पार्टीको निर्णय मात्रै हो । तर, यो निकै डरलाग्दो निर्णय थियो, सबै युरोपसामु मानिसहरूलाई डुब्नबाट जोगाउनुपर्ने जिम्मेवारी छ । शक्ती राष्ट्रहरूकै कारण अफ्रिकीहरू घर छाडेर हिँड्न बाध्य छन् । इटलीले शरणार्थीहरूलाई धेरै सहयोग गरेको छ । तर, उसलाई अन्य राष्ट्रको सहयोगको खाँचो छ । बेलायत, बेल्जियम र जर्मनीजस्ता राष्ट्रले पीडितहरूलाई सहयोग गर्न तत्परता देखाएका छैनन् । तर, उनीहरू सबैले कुनै समय अफ्रिकामा उपनिवेश चलाएका थिए । नेटोले लिबियामा भएको युद्धमा सहभागिता जनाएको थियो । समस्याका कारक सबै हुन् ।
बुझ्नुपर्ने महत्वपूर्ण कुरा के छ भने युरोप छिर्दैमा हाम्रो यात्रा अन्त्य हुँदैन । हेलिकोप्टरले हाम्रो डुंगा भेटेपछि हामीलाई इटालियन जहाजमा लाम्पीडुसा लगिएको थियो । हामीलाई एउटा जेलजस्तै कोठामा कोचियो । मलाई त्यसपछि इटलीको दक्षिणी सहरमा पठाइएको थियो । सौभाग्यवस मैले त्यहाँ जागिर पाएँ । तर, जागिरको पैसाले मलाई जीविका चलाउन समेत पुगेन । इटली आपैmँ समस्यामा छ । इटलीकै नागरिक जागिर खोज्दै उत्तरी युरोपतर्पm लागेका छन् । म पनि बर्लिन गएँ । तर, पर्याप्त कागजात नभएका कारण मैले जागिरका लागि आएको प्रस्ताव समेत स्विकार्न सकिनँ । डुब्लिन सम्झौताअनुसार शरणार्थीलाई आपू आएको देशमा मात्रै बस्ने अनुमति छ । मैले पैसा कमाउने सपना छाडेर सडकमै जीवन बिताउन थाले । सडकमा रहेको क्याम्पमा बस्नेहरू शरणार्थीले जर्मनीमा बस्न र काम गर्न अधिकार पाउनुपर्ने विषयमा संघर्ष गरिरहेका थिए । क्याम्प राजनीतीक स्थान थियो र त्यसले मलाई आकर्षित गर्यो । तर, महोम्मद गद्दाफीको शासनकालमा नबेहोरेको पीडा मैले क्याम्पमा बेहोर्नुपर्यो । मैले युरोपमा प्रजातन्त्र छ भन्ने सुनेको थिएँ तर आएपछि थाहा पाएँ त्यो प्रजातन्त्र केही सीमितका लागि रहेछ । हामीले आफ्नो समूहलाई लाम्पेडुसा इन बर्लिन भनेर चिनायौँ । बर्लिनमा म भाग्यमानी ठहरिएँ । मैले बर्लिनमै प्रेमिका भेटेँ र अहिले हाम्रो तीन महिनाको छोरा छ । छोरालाई हेर्दा म उसले मैलेजस्तो संघर्ष गर्नु नपरोस् भन्ने बुझ्छु । ट्रिपोलीबाट यात्रा सुरु गर्दाको घटना संझदा मलाई अहिले पनि त्रास हुन्छ । म त्यसअघि एकपटक मात्रै डुंगा चढेको थिएँ । मलाई पौडन समेत आउँदैन ।
– हाकिम बेल्लो
प्रतिक्रिया