महामारी त्रासले सुटिङ लोकेसन परिवर्तन

Milan-Chamsकाठमाडौं । फिल्म ‘हँसिया’बाट निर्देशनमा डेब्यु गरेका निर्देशक मिलन चाम्सको दोस्रो प्रोजेक्टको लोकेसन छनोटको काम सुदूरपश्चिमको जाजरकोटमा फैलिएको महामारीका कारण रोकिएको छ । मुगु र जुम्लाका भर्जिन लोकेसनमा फिल्म छायांकन गर्ने योजनासहित त्यहाँको लोकेसन हेर्न जान लागेका बेला त्यहाँ पनि महामारीको असर पर्न सक्ने आशंकामा फिल्म युनिटले उक्त स्थानको भ्रमण रद्ध गरेको हो ।
निर्देशक चाम्सका अनुसार लोकेसन फाइनलका लागि जाने तयारी भइरहँदा अचानक भ्रमण रद्ध गर्नुपरेको हो । ‘हामी लोकेसन फाइनलका लागि जाने तयारी गरिहेका थियौँ, यसै बेला महामारीको समाचार आयो, त्यहाँ जान नै खतरा भयो, त्यसैले रिस्क नलिउँ भनेर त्यहा नजाने निर्णय ग¥यौँ,’उनले भने, ‘त्यहाँको लोकेसनलाई छाडेर हामीले रसुवामा फिल्म खिच्ने योजना बनाएका छौँ । त्यसका लागि अब चाँडै नै हामी रसुवा जाँदैछौँ ।’
निर्देशक चाम्सले नाम छनोट भइनसकेको फिल्मले रसुवाको स्थानीय कथालाई प्रस्तुत गर्ने दाबी गरे । ‘फिल्म पूर्णरूपमा मसलेदार बन्नेछ, कमेडी, प्रेम, विछोडका कुरालाई प्रस्तुत गर्नेछ,’चाम्सले भने,‘हामी ४५ दिनमा फिल्मको छायांकन सक्न योजनामा छौँ ।’ फिल्मको छायांकन वैशाख २७ गतेबाट सुरु हुनेछ ।
फिल्ममा दयाहाङ राई र अनुपविक्रम शाही प्रमुख भूमिकामा हुनेछन् भने अभिनेत्रीको फाइनल भइसकेको छैन । निर्देशक चाम्सले नायिका नयाँ अनुहारको हुने बताए । यम थापाको लेखन रहने फिल्ममा रेनेशा राईको कोरियोग्राफी र रामकुमार केसीको सिनेमाटोग्राफी हुनेछ । सन् २०१७ मा नेपाल रिलिज टार्गेट राखिएको फिल्मको पहिलो प्रदर्शन नोभेम्बरमा युकेमा हुनेछ । (सौस)

प्रतिक्रिया