
काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित भएका छन् । गत जेठ १७ गतेको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा सहभागी भएपछि उनी आज पहिलो पटक संसद्मा उपस्थित भएका हुन् ।
त्यसदिन उनले नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने अभिव्यक्ति भएपछि चर्को विरोध भएको थियो र विपक्षीहरुले कैयौं दिन संसद् अवरुद्ध गरेका थिए ।
आजको संसद् बैठकमा प्रधानमन्त्रीसँगै रास्वपा सभापति रवि लामिछाने पनि पुगेका थिए । सँगै संसद् प्रवेश गरेका उनीहरु २० मिनेट बसेर सँगै बाहिरिएका छन् । प्रधानमन्त्री वालेन र रवि बैठकमा सहभागी भइरहँदा विपक्षी सांसदहरुले सरकारको चर्को आलोचना गरिरहेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओली बोल्दै गर्दा प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछाने संसदमा प्रवेश गर्दा प्रतिपक्षी नेकपा एमालेका सांसद ऐनबहादुर महरले नियमापत्ति गरेका थिए ।–तस्विर नेपाल फोटो लाइब्रेरी













प्रतिक्रिया