
काठमाडौँ । आगामी २६ देखि ३१ साउनसम्म आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्सपो–२०२६ मा ४० भन्दा बढी नयाँ गाडी सार्वजनिक हुने भएका छन् । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा भृकुटीमण्डपमा हुन लागेको एक्स्पोमा ५५ भन्दा बढी विभिन्न ब्रान्डका ४० भन्दा बढी नयाँ गाडी सार्वजनिक गर्ने तयारी गरिएको हो ।
५१ वटा स्टल रहने एक्सपोमा २ पांग्रे, ४ पांग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अन्य उत्पादन समेटिने नाइमाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
नेपालका लागि अटोमोबाइल आयातकर्ता तथा उत्पादन समेट्ने गरी १ वर्षअघि २१ सदस्यबाट सुरु संस्थामा अहिले ३६ प्रमुख सदस्य कम्पनीमा विस्तार भएको नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले बताइन् । नाइमाले नाइमा मोबिलिटी एक्सपो र नाइमा मन्थ्ली मोबिलिटी संवादजस्ता प्रमुख कार्यक्रम संस्थागत गरिसकेको उनले सुनाइन् । नाइमामा मोबिलिटी जर्नल र नाइमा क्यापासिटी ब्युल्डिङ ट्रेनिङ सेसनसमेत सुरु गरिसकिएको उनको भनाइ छ ।
प्रतिक्रिया