भेनेजुएला भूकम्प अपडेट : एक हजार ९४३ जनाको मृत्यु, १० हजारभन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ जना पुगेको पुष्टि गर्दै १० हजार ५०० जनाभन्दा बढी घाइते भएको घोषणा गरेका छन् ।

प्रेस विज्ञप्तिमार्फत रोड्रिगेजले अहिलेसम्म १५ हजारभन्दा बढी प्रभावित मानिसहरु दर्ता भएको र राहत तथा उद्धार कार्य सुरु भएदेखि ६ हजार ४६१ जनालाई उद्धार गरिएको बताएका छन् ।

उनका अनुसार भूकम्पमा परी हजारौ मानिसहरु अझै बेपत्ता रहेका छन् । संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार लगभग ५० हजार मानिसहरू अझै बेपत्ता छन् भने उनीहरुको खोजी तथा उद्धार कार्य जारी छ ।

प्रतिक्रिया