राहदानी छपाई अनियमितताको आरोपमा विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ । राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ परेका हुन् ।

उनलाई मंगलबार राति पक्राउ गरिएको अख्तियारले जनाएको छ । सोही मुद्दाको अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, ठेकेदार सिद्धार्थ थापा पनि अनुसन्धानको दायरामा रहेको अख्तियारले जनाएको छ ।

ठेकेदार थापासँग सोमबार नै सोधपुछ गरिएको र बोलाएको समयमा उपस्थित हुने गरी घर पठाइएको छ ।

प्रतिक्रिया