तोकेको मितिमा संसद हल तयार नभएपछि करोड जरिवाना तिराउने सभामुख अर्यालको चेतावनी

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको संसद् हलको निरीक्षण गरेका छन् । संसद् सचिवालयका कर्मचारीहरुसहित उनी निरीक्षणमा पुगेका हुन् ।

गत जेठ १५ गते यही हलबाट बजेट सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म तयार भएको छैन । त्यसक्रममा उनले हल कुन दिन तयार गर्ने यकिन मिति भन्न निर्देशन दिए । नभए हरेक दिन एक करोड जरिवाना तिराउने चेतावनी दिए । सहरी विकास मन्त्री र सचिवलाई तत्काल बोलाएर काम सक्न उनले निर्देशन दिए ।

उनले भने, ‘रातदिन काम गरेर भए पनि बोलेको कुरा त पुर्‍याउनुपरो नि, बहाना बनाइरहनुहुन्छ, तपाईंहरुले हामीलाई नटेरेको होला, यो त अपमान भएन र ? राष्ट्रकै अपमान हो यो, अब मलाई निष्कर्ष चाहियो, यहाँ म टेक्दा पनि टेक्दिन ।’– तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया