बढ्दै स्क्रब टाइफसको जोखिम

रोगहरूको भिडमा एउटा अर्को नाम हो, स्क्रब टाइफस । यो एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसीभन्ने जीवाणुबाट लाग्ने विज्ञ बताउँछन् । माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ । यो मुसामा लाग्ने किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ । यो रोग मानिसबाट मानिसमा नसर्ने विज्ञ बताउँछन् ।

स्क्रब टाइफसका लक्षणहरू

यसका लक्षण भनेको धेरै ज्वरो आउनु (काम ज्वरोसमेत आउन सक्छ) । पछिल्लो समय देशका विभिन्न स्थानमा ‘स्क्रब टाइफस’ को जोखिम बढ्दै गएको पाइएको छ । सरुवा रोगको श्रेणीमा पर्ने यो रोग विशेषगरी वर्षायाम र त्यसपछिको समयमा बढी देखिने विज्ञ बताउँछन् । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र) ले यस रोगबाट बच्न र सचेत रहन विशेष आग्रह गरेको छ । त्यसैले यसमा सचेत हुनुपर्ने देखिन्छ ।

यसको संक्रमण भएको बिरामीलाई कडा ज्वरो आउँछ र कहिलेकाहीँ काँपेर (कम्पनसहित) पनि ज्वरो आउन सक्छ । यस्तै अत्यधिक टाउको दुख्नु, पसिना आउनु, आँखा रातो हुनु र झाडापखाला लाग्नु । यो रोगको लक्षण हुन् ।
यस्तै कीराले टोकेको ठाउँमा सुरुमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि बिस्तारै त्यो ठाउँमा कालो दाग बस्छ, जुन यो रोगको मुख्य पहिचान हो ।

०००

रोगबाट बच्ने उपायहरू

खेतबारीमा काम गर्दा, वनजंगल वा झाडीमा जाँदा, अथवा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र सम्भव भएसम्म गम्बुट (बुट) को प्रयोग गर्ने ।

सकेसम्म घाँसघारी वा चउरमा सिधै नबस्ने । बस्नै परेमा गुन्द्री, दरी वा प्लास्टिक ओछ्याएर मात्र बस्ने ।

ओछ्यान भुइँमा नलगाई खाट वा अलि अग्लो स्थानमा सुत्ने र बस्ने व्यवस्था मिलाउने ।

चउर, बारी तथा घर वरपरका झाडी, घाँस र घुरानहरूलाई नियमित रूपमा सफा गरिरहने ।

घरमा मुसाको वृद्धि विकास हुन नदिन अन्नबालीलाई सुरक्षित रूपमा भण्डारण गर्ने र मुसा नियन्त्रणका उपायहरू अपनाउने । यसो गरिएमा यसबाट सच्न सहयोग पुग्ने विज्ञ बताउँछन् ।

लिम्फ नोड सुन्निनु, घाँटी, घाँटीको माथिको भाग र तलको भागको लिम्फ नोडहरू सुन्निनु ।

पेट दुख्ने र बान्ता पेट दुख्ने, वाकवाकी लाग्ने र वान्ता हुने ।

खोकी र सास फेर्न गाह्रो हुने, रोगले फोक्सोलाई असर गरेमा खोकी लाग्ने र सास फेर्न गाह्रो हुने समस्या हुनसक्छ ।

मानसिक स्थिति परिवर्तन, गम्भीर अवस्थामा, बेहोसी, चिडचिडापन र अन्य मानसिक परिवर्तन देखा पर्न सक्छन् ।

शंका लागेमा !

स्वास्थ्य विज्ञहरूका अनुसार स्क्रब टाइफसको समयमै उपचार भएमा यो रोग पूर्ण रूपमा निको हुन्छ । यदि माथि उल्लिखित कुनै पनि लक्षण देखिएमा वा स्क्रब टाइफस लागेको शंका लागेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्दछ । लापरवाही गरेमा यसले गम्भीर रूप लिन सक्ने भएकाले समयमै उपचार गराउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । त्यसैले पनि यसका लक्षण देखिएमा सचेत हुनपर्ने देखिन्छ ।

स्क्रब टाइफस जसलाई ‘बुस टाइफस’ पनि भनिन्छ, साना कीराहरूको टोकाइबाट सर्ने एक संक्रामक रोग हो । नेपालका ग्रामीण तथा पहाडी इलाकामा यो रोगको फैलावट बढी देखिएको छ । स्क्रब टाइफसको लक्षण र संकेत सामान्यतया संक्रमणको ६ देखि १४ दिनपछि देखा पर्न थाल्छन् । प्रारम्भिक लक्षण ज्वरो, टाउको दुःखाइ, मांसपेशी दुःखाइ र थकान हुन्छन् । साथै अन्य लक्षण र संकेतहरू पनि देखा पर्छन् । समयमै पहिचान र उपचार नभएमा यो रोगले कलेजो, मुटु, मिर्गौला र फोक्सोजस्ता महत्वपूर्ण अंगहरूमा असर गरी बहुअंग विफलता निम्त्याउन सक्ने विज्ञ बताउँछन् ।

००००

बालबालिकामा स्क्रब टाइफस

हालका दिनमा स्क्रब टाइफस बालबालिकामा बढी देखिन थालेको छ । स्क्रब टाइफसको निदान चुनौतीपूर्ण हुनसक्छ, किनकि यसको लक्षणहरू अन्य थुप्रै संक्रामक रोगसँग मिल्दोजुल्दो हुन्छन् । तर सही निदानका लागि निम्न विधिहरू प्रयोग गरिन्छ । प्रारम्भिक रूपमा चिकित्सकले बिरामीको लक्षणहरू, संक्रमण भएको क्षेत्र र अन्य कुनै विशेष लक्षण खत बसेको जस्तो दाग छ कि छैन भनेर हेरेर जानकारी लिइन्छ ।

यस्तै यसका लागि रगतको नमुना लिएर स्क्रब टाइफसको विशिष्ट एन्टिबडीहरू पत्ता लगाउन ‘इन्डाइरेक्ट इम्युनोफ्लोरेसन्स’ र ‘इन्जाइम–लिंक्ड इम्युनोसर्बेन्ट’ जस्ता सेरोलोजिकल परीक्षणहरू गरिन्छ । अर्को भनेको मल्टिप्लेक्स पिसिआर टेस्ट, हो यो एक जटिल तर प्रभावकारी निदान विधि हो जसले स्क्रब टाइफसको कारण हुने जीवाणुलाई सिधै पत्ता लगाउन मद्दत गर्छ ।

विज्ञका अनुसार यसको निदानका लागि बायोप्सी पनि गरिन्छ । गम्भीर अवस्थामा खत जस्तो दाग भएको ठाउँ वा छालाको नमुना लिएर जाँच गर्न पनि सकिन्छ ।

रोकथाम र उपचार ः स्क्रब टाइफसको उपचारमा समयमै सही एन्टिबायोटिकको प्रयोग महत्वपूर्ण मानिछ । विज्ञका अनुसार डक्सिसाइक्लिन र एजिथ्रोमाइसिन जस्ता एन्टिबायोटिक्सलाई प्रभावकारी मानिन्छ । तर रोगको प्रारम्भिक पहिचान र समयमै उपचारको अभावमा जटिलता बढ्न सक्छ । विशेषगरी बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, ज्वरोको समस्या देखा पर्छ भने तुरुन्तै स्वास्थ्यकर्मीको सल्लाहअनुसार जाँच गराउनुपर्छ ।

नेपालमा स्क्रब टाइफसको प्रकोप बढ्दै गइरहेकाले यसबारे आममानिसमा चेतना फैलाउनु आवश्यक देखिएको छ । विशेषगरी ग्रामीण क्षेत्रमा, जहाँ यो रोगको जोखिम धेरै हुन्छ, नियमित स्वास्थ्य जाँच, सरसफाइ र कीटनाशकको प्रयोगले स्क्रब टाइफसबाट बच्न सकिन्छ । बालबालिकामा स–साना लक्षणलाई पनि बेवास्ता नगरी तुरुन्तै जाँच गराउने र उपचार सुरु गर्ने हो भने जटिलताबाट बच्न सकिन्छ । यसलाई हेलचेक्राइँ होइन, सावधानी हुन स्वास्थ्य कर्मीले सुझाएका छन् । रोग लाग्न सक्छ । पहिलो कुरा रोग लाग्नै नदिने हो, लागि हालेमा त्यसको पहिचान र उपचारले मान्छेको ज्यान जान सक्छ । त्यसैले हरेक रोग र त्यसबाट आउन सक्ने परिणामका बारेमा सबै सचेत हुनपर्छ ।

००००

जोखिम छैन, तर सचेत हुनपर्छ : डा. अनुप बास्तोला, सरुवा रोग विशेषज्ञ

डा. अनुप बास्तोला, सरुवा रोग विशेषज्ञ

स्क्रप टाइफस नेपालमा पनि छ । विश्वमा देखिने अनेक भाइरसबाट नेपाल अछुतो रहँदैन । कतिपय भाइरस देखा नपरे पनि हामीले सचेत भने रहनुपर्छ । स्क्रब टाइफस तुलनात्मक रूपमा जटिल र घातक रोग नभए पनि यसबारेमा सचेत भने हुनुपर्छ ।

स्क्रब टाइफस मानिसबाट मानिसमा चाहिँ सर्दैन । यो एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्नाजस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसीभन्ने जीवाणुबाट लाग्ने हो । माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ । त्यसैले त्यस्ता ठाउँमा काम गर्नेले सचेत हुनुपर्छ ।

यसका लक्षण भनेको धेरै ज्वरो आउनु हो । पछिल्लो समय देशका विभिन्न स्थानमा ‘स्क्रब टाइफस’ को जोखिम बढ्दै गएको छ । यो रोग विशेषगरी वर्षायाम र त्यसपछिको समयमा बढी देखिने गरेको पाइन्छ । यस रोगबाट बच्न र सचेत रहन आवश्यक छ । कुनै पनि रोग लाग्न नदिनु नै सबै भन्दा राम्रो हो । यसको जोखिम हेर्ने भन्दा टाढा रहनु राम्रो हुन्छ ।

यसको संक्रमण भएको बिरामीलाई कडा ज्वरो आउँछ र कहिलेकाहीँ काँपेर (कम्पनसहित) पनि ज्वरो आउन सक्छ । यस्तै अत्यधिक टाउको दुख्नु, पसिना आउनु, आँखा रातो हुनु र झाडापखाला लाग्नु । यो रोगको लक्षण हुन् । यसबाट जोगिन खेतबारीमा काम गर्दा, वनजंगलमा जंगल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने, सम्भव भएसम्म लामो जुत्ता लगाउन पर्छ ।

यो नेपालमा महामारीको रूप लिइहाल्ने अवस्थामा छैन । लागे पनि निको हुन्छ । तर, उपचार र स्वास्थ्यमा भने ध्यान दिनुपर्छ । यो सामान्य भने, होइन । पहिला गाउँमा देखिने यो रोग अहिले सहरमा पनि उत्तिकै भेटिन थालेको छ । यसको चर्चा सन् २०१५ पछि बढी भएको हो । धरानमा केही बालबालिकाको मृत्यु स्क्रब टाइफसको कारणले भए पश्चात् यो रोगप्रति धेरैको चासो बढेको हो । यो संक्रक्रमण भएकोे ५ देखि २० दिन सम्ममा बिरामीमा लक्षणहरू देखा पर्ने गर्छ ।

अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको सेतो भाग हल्का रातो देखिनु, लिम्फ ग्रन्थि सुन्निनु, शरीरमा स–साना बिबिरा देखिनु, पसिना आउनु जस्ता लक्षणहरू स्क्रब टाइफसमा देखिने गर्दछ । यसको अर्को संकेत भनेको चिगर माइटको टोकाईपछि स्कार भनिने कालो घाउको पाप्रो हो । यदि बिरामीलाई ज्वरो आएको छ अनि घाउ पनि देखिए स्क्रब टाइफसको सम्भावना हुन सक्ने भएकाले परीक्षण गर्नुपर्छ । कुनै पनि रोगलाई समान्य ठान्नु हुन्न । शंका लागेमा परीक्षण र उपचारमा ध्यान दिनुपर्छ । समयमा नै परीक्षण र उपचार गरेमा यो निको हुन्छ ।

प्रतिक्रिया