संसद्‍मा पठाउने विधेयकबारे मन्त्रालयहरूसँग छलफल गर्दै कानुनमन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३–०८४ मा संघीय संसद्‍मा पठाउने विधेयकको सूची तयार पार्न आजदेखि मन्त्रालयहरुसँग छलफल प्रारम्भ गरेको छ ।

कानुनमन्त्री सोविता गौतमले आज भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र सचिव मदन भुजेल तथा महिला, बालबालिका, लैगिक तथा यौनिक अपसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी र सचिव राधिका अर्यालसँग छलफल गरेकी छन् ।

विधायन ऐन अनुसार हरेक वर्ष असार मसान्तभित्र संघीय संसदमा पेस गर्ने विधेयकहरूको प्राथमिकता क्रमसहितको सूची तयार गर्नुपर्ने कानुनी व्यवस्था छ । यसका लागि सम्बन्धित मन्त्रालयले वार्षिक कार्यतालिकाको रूपमा विधेयकको सूची कानुन मन्त्रालयमा पेस गर्नुपर्छ ।

प्रतिक्रिया