
काठमाडौं । ललितपुरको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स स्कूल (एलए) ले विगत चार दशकभन्दा बढी समयदेखि नेपाली शिक्षा क्षेत्रमा अग्रणी योगदान पुर्याउँदै आएको छ ।
सन् १९८१ मा स्थापना भएको यस शिक्षालयले समयसापेक्ष प्रविधिमैत्री र वातावरणमैत्री शिक्षालाई प्राथमिकता दिँदै स्मार्ट कक्षाकोठा र इलेक्ट्रिक गाडीको समेत प्रयोग गर्दै आएको छ ।
विगत २२ वर्षदेखि लगातार देशका उत्कृष्ट १० शिक्षण संस्थाहरूमा पर्न सफल यस स्कुलले स्थापनाकालदेखि नै शतप्रतिशत नतिजा हासिल गरिरहेको छ । सन् १९९७ देखि कक्षा ११ र १२ मा साइन्स, मेनेजमेन्ट र ‘ए लेभल’ कार्यक्रम सुरु गरेको एलएले हाल स्नातक तहसम्मकै शिक्षा प्रदान गर्दछ ।
शान्त वातावरण, उत्कृष्ट भौतिक पूर्वाधार, राम्रो आवासीय व्यवस्था र फराकिलो खेलमैदान भएको यस संस्थाले विद्यार्थीहरूको शैक्षिक विकासका साथै मानसिक, शारीरिक र सामाजिक विकासमा समेत विशेष जोड दिँदै अभिभावकहरूको भरोसा जित्न सफल भएको छ ।
प्रतिक्रिया