एसइई नतिजा : रिलायन्सका १६ विद्यार्थीले ल्याए ४ जीपीए

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रिलायन्स इन्टरनेशनल एकेडेमीले उत्कृष्ट नतिजा हासिल गरेकाे छ । सोमबार सार्वजनिक भएको एसइई नतिजाअनुसार विद्यालयका १६ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका हुन् । २०५० सालदेखि सञ्चालनमा रहेको याे विद्यालयले अघिल्लाे वर्ष २० जना विद्यार्थीले ४ जिपिए ल्याएका थिए ।

रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापाका अनुसार यस वर्ष विद्यालयबाट कुल १०१ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएकामा ७८ जनाले ३.६० देखि ३.९९ जीपीएसम्म प्राप्त गरेका छन् । ७ जनाले ३.३९ देखि ३.५९ जीपीए हासिल गरेका छन् ।

विद्यालयले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै उनीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा सामाजिक उत्तरदायित्व अभिवृद्धिमा समेत जोड दिँदै आएको थापाले बताए ।

अध्यक्ष थापाले विद्यालयको सफलताको श्रेय शिक्षक, विद्यार्थी, अभिभावक तथा कर्मचारी सबैलाई जाने बताए । आधुनिक शिक्षण सिकाइ प्रणाली, अनुभवी शिक्षक–शिक्षिका, अनुशासित शैक्षिक वातावरण, दक्ष व्यवस्थापन, प्रविधिमैत्री कक्षाकोठा तथा आकर्षक भौतिक पूर्वाधारका कारण विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा हात पार्दै आएको उनको भनाइ छ ।

नियमित अतिरिक्त कक्षा, व्यक्तिगत शैक्षिक परामर्श, परियोजनामूलक सिकाइ, सिर्जनात्मक अभ्यास तथा विद्यार्थीमैत्री शिक्षण पद्धतिलाई प्राथमिकता दिइएकाे विद्यालयका प्रिन्सिपल खेमलाल भुषालले बताए । उनले भने, ‘विद्यालयले केवल शैक्षिक उत्कृष्टतालाई मात्र नभई विद्यार्थीको सर्वाङ्गीण विकासलाई पनि प्राथमिकतामा राख्दै आएको बताए ।

उत्कृष्ट नतिजाको श्रेय विद्यालयले अपनाएको समग्र शिक्षण पद्धतिलाई जाने विद्यालयका भाइस प्रिन्सिपल श्रीधर प्रसाद पौडेलले बताए । याे काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० मा रहेकाे छ ।

प्रतिक्रिया