
काठमाडौँ । सरकारी स्वामित्वका ३ वटा बैंकका अध्यक्षले राजीनामा दिएका छन् । सरकारले नयाँ जनादेशअनुसार काम गर्न भन्दै सार्वजनिक निकायमा यसअघि राजनीतिक नियुक्ति पाएकाहरूलाई एकै पटक हटाउन अध्यादेश ल्याएसँगै अध्यादेशले नसेमेटेका सरकारी बैंकका अध्यक्षहरूले पनि मार्गप्रशस्त गरिदिएका हुन् । राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल तथा नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्माले अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा राजीनामा बुझाएका हुन् ।
राष्ट्रिय वाणिज्य बैंकका अध्यक्षसँगै सबै सञ्चालकले पनि राजीनामा दिएका छन् । राष्ट्रिय वाणिज्य बैंकका सञ्चालकहरू थानप्रसाद पंगेनी, लक्ष्मण घिमिरे, प्रा. डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना र हरिकुमार सिलवालले पनि राजीनामा दिएका हुन् । अन्य दुइटा बैंकमा भने अध्यक्षले मात्रै पद छाडेको बताइएको छ । सरकारले ल्याएको अध्यादेशले राष्ट्र बैंक तथा बैंकिङ क्षेत्रलाई असर गर्दैनथ्यो । तर, सरकारी बैंकमा राजनीतिक नियुक्ति पाएका पदाधिकारीलाई राजीनामा दिन सरकारले अनौपचारिक च्यानलबाट रूपमा आग्रह गरेको बताइएको छ ।
प्रतिक्रिया