
काठमाडौं । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु एक हजार ८०० र चाँदी रु १०५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १५५ कायम भएको छ ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ५० मा खरिद–बिक्री भएको थियो । गत मंगलबार एक तोला छापावाल सुन रु २ लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८८० मा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०३ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया