यी हुन् समस्याग्रस्त १० सहकारीका ठूला ऋणी (सूचीसहित)

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय’ ले विभिन्न १० वटा सहकारी संस्थाका ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । समितिले बुधबारको निर्णय बमोजिम समस्याग्रस्त घोषित २० वटा सहकारीमध्ये पहिलो चरणमा १० वटाका ऋणीहरूको विवरण बाहिर ल्याएको हो ।

समितिले सार्वजनिक गरेको सूचना अनुसार घेदुङ बहुउद्देश्यीय, हाम्रो सगरमाथा, नागरिक कल्याण, आइडियल यमुना, नेपाल सहकारी वित्तीय, गौतम श्री, ओरिएन्टल को-अपरेटिभ र तुल्सी बहुमुखी लगायतका सहकारीका ठूला ऋणीहरूलाई ऋण चुक्ता गर्न अन्तिम अवसर दिइएको छ ।

नामावलीमा व्यक्तिगत ऋणीहरूका साथै केही व्यावसायिक फर्महरूको नाम समेत समावेश छ। जसमा रमेश बुढाथोकी, कुमार सिंह घिसिङ, नारायण बहादुर रायमाझी, सरिता सापकोटा र तुल्सी मोटरपम्पलगायत नामहरू उल्लेख छन् ।

समितिले सम्बन्धित सबै ऋणीहरूलाई बुद्धनगरस्थित कार्यालयमा तत्काल सम्पर्क गरी यथाशीघ्र आफ्नो ऋणको साँवा र ब्याज चुक्ता गर्न निर्देशन दिएको छ । यदि यो सूचनालाई बेवास्ता गरी ऋण चुक्ता नगरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरी रकम असुल उपर गरिने चेतावनी समेत दिइएको छ । साथै, समितिले अहिले सार्वजनिक गरिएका बाहेक अन्य ऋणीहरूको नामावली पनि क्रमशः प्रकाशन गर्दै लैजाने जनाएको छ ।

प्रतिक्रिया