बाटो खन्ने क्रममा माथिबाट ढुंगा खस्दा चालकको मृत्यु

काभ्रे । सडक खन्दै गरेको स्काभेटरमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको छ ।

आज दिउँसो ३ बजेको समयमा काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका– ७ टाडिगाँउस्थित मध्यपहाडी लोकमार्गको सडक खण्डमा सडक बढाउन ट्रयाक खन्ने क्रममा सडक माथिबाट ढुंगासहितको ढिस्को खस्दा बा २ क २७९२ नम्बरको स्काभेटर पुरिँदा स्काभेटर चालक जिल्ला रौतहट पौराही गाउँपालिका– ३ बस्ने वर्ष ४१ का दिलिप स्मालीको स्काभेटरको क्याविनभित्र च्यापिएर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया