सिप्लिकान खानुको फाइदा

स्थानीय स्तरमा पाइने सिप्लिकानजस्ता पोषिला खानेकुराको पहिचान, संरक्षण र प्रवद्र्धन गर्नसके यसले एकातिर स्थानीयको स्वास्थ्यमा सुधार ल्याउनेछ भने अर्कोतिर यसको व्यावसायिक खेतीको सम्भावनालाई पनि उजागर गर्ने देखिन्छ ।

कतिपय खानेकुराका नाम नयाँ पुस्ताका लागि नौलो हुन्छ । कुनैबेला खाएकाले नभेटेको पनि वर्षौं हुन्छ । नहोस् पनि कसरी गाउँमा पाइने चिज सहरमा पाइन्न । सुख र अवसर खोज्दै सहर पसेपछि गाउँको खान्की ‘सम्झने, पानी छम्कने’ भनेजस्तै हुन्छ । यस्तैमध्येको एक हो, सिप्लिकान । गाउँघरमा सिप्लिकानको अचार र तरकारी खाने चलन छ । सहर र छेउछाउँका गाउँमा पनि यदा कता भेटिन्छ । अहिलेको समय त्यही सिप्लिकानलाई आफ्नो रुची र स्वादअनुसार खाने सिजन मानिन्छ ।

हेर्दा सागजस्तो देखिने, स्वादमा तितो सिप्लिकानको गुण भने बग्रेल्ती छन् । सिप्लिकान खाँदा शरीरमा भएको गर्मी निस्कने बताइन्छ । वास्तवमा सिप्लिकानमा ठुलो औेषधीय गुण रहेको छ । यो भिर, वन, पाखामा फ्याँकिएका औषधीय खाग हो । तर, अझै पनि कतिलाई यसको गुण र प्रयोग बारेमा कमै जानकारी छ ।

विज्ञका अनुसार सिप्लिकान एक औषधीय गुण भएको मध्यम आकारको रूख वर्गमा पर्ने वनस्पति हो । अहिले तराईदेखि पहाडी भेगमा यसको मुनासमेत पलाउँदै गरेको छ । सिप्लिकान को वैज्ञानिक नाम, ऋचबतभखब च्भष्निष्यकब हो भने अंग्रेजीमा न्बचष्अि एभबच वा त्झउभि एबिलत को नामले समेत चिनिन्छ । सिप्लिकान तरकारी र अचारका रूपमा नेपाली भान्छामा लोकप्रिय मानिन्छ । सिप्लिकानले सुगर, प्रेसर, मुटुरोग, टाउको दुख्ने, रोग कम गर्ने स्वास्थ्यकर्मीको दाबी छ ।

सिप्लिकान जसलाई नेपालीमा ‘अकुर्बा, जवानपुष्पी, वा मिरमिरे फूल’ पनि भनिन्छ । यो एकप्रकारको औषधीय वनस्पति हो जुन प्राचीन समयदेखि विभिन्न रोगहरूको उपचारमा प्रयोग हुँदै आएको छ ।

०००

कतिपय खाने कुरा राम्रो हुँदै गर्दा त्यसको अन्य प्रभाव पनि जान्नु राम्रो हुन्छ । गुणकारी भएर पनि सिप्लिकानको प्रयोग गर्दा अत्यधिक मात्रामा नगर्न विज्ञ सुझाउँछन् । सिप्लिकान गर्भवती महिलाले चिकित्सकको सल्लाहबिना प्रयोग नगर्न भनिन्छ । पहिलोपटक प्रयोग गर्दा सानो मात्रामा प्रयोग गरेर छालामा असर हुन्छ कि जाँच गर्नुपर्छ । किनकि कसैकसैलाई यसको एलर्जी पनि हुनसक्छ । त्यसैले विचार गरेर खानुपर्छ ।

पछिल्लो समय कतै कतै त लोप हुँदै गएको सिप्लिकानको बिउ उत्पादन गर्ने उद्देश्यसहित स्रोतकेन्द्र निर्माण गरेको पनि पाइन्छ । मध्य पहाडी भागमा पाइने सिप्लिकानको बजारमा निकै ठुलो माग छ । सिप्लिकान औषधीय गुण भएकाले पनि यसको महत्व बुझेका र विभिन्न माध्यमबाट जानकारी पाएकाले यसको खोजी गर्न थालेका छन् ।

०००

विशेषतः पहाडी क्षेत्रमा पाइने बहुऔषधीय गुणयुक्त यो वनस्पति देशका अधिकांश स्थानबाट हराउँदै गएको छ । नेपालका पहाडी तथा ग्रामीण भेगमा पाइने ‘सिप्लिकान’ स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि एक उत्कृष्ट विकल्पको रूपमा चर्चामा आएको छ । परम्परागत रूपमा स्थानीयको भान्सामा सीमित यसमा लुकेका औषधीय गुणहरूका कारण यसको महत्व बढ्दै गएको हो ।

सिप्लिकान विशेषगरी पहाडी क्षेत्रका जंगल, बारीको डिल तथा कान्लामा प्राकृतिक रूपमा उम्रने एकप्रकारको वनस्पति हो । स्थानीय बासिन्दाहरूले यसलाई अन्य उसिनेर साँदेर, भुटेर वा तरकारीको रूपमा खान सकिन्छ । यसको स्वाद केही फरक र निकै स्वादिलो हुने भएकाले यो धेरैको रोजाइमा पर्ने गरेको छ ।

पोषणविद्हरूका अनुसार, सिप्लिकान केवल स्वादिलो मात्र नभएर पोषक तत्वहरूको खानी हो । सिप्लिकानमा पाइने फाइबरले पाचन प्रणालीलाई मजबुत बनाउँछ । यसको नियमित सेवनले कब्जियतजस्ता समस्याबाट राहत मिल्नुका साथै समग्र पाचन शक्तिमा सुधार ल्याउँछ ।

यसमा रगतलाई शुद्ध पार्ने तत्वहरू पनि पाइन्छन् । यसले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न मद्दत गरी रगत सफा राख्न सहयोगी भूमिका खेल्छ । यस्तै सिप्लिकान भिटामिन ए, सी र आइरनजस्ता अत्यावश्यक पोषक तत्वहरूको राम्रो स्रोत पनि हो । भिटामिन ‘ए’ ले आँखाको स्वास्थ्य सुधार्छ भने भिटामिन ‘सी’ र आइरनले शरीरलाई ऊर्जाशील बनाउन र रक्तअल्पता हुनबाट जोगाउन मद्दत गर्दछ ।

सिप्लिकान केवल एक सामान्य वनस्पति मात्र नभएर पोषण र औषधीय गुणले भरिपूर्ण एक प्राकृतिक उपहार हो । स्थानीय स्तरमा पाइने यस्ता पोषिला खानेकुराको पहिचान, संरक्षण र प्रवद्र्धन गर्नसके यसले एकातिर स्थानीयको स्वास्थ्यमा सुधार ल्याउनेछ भने अर्कोतिर यसको व्यावसायिक खेतीको सम्भावनालाई पनि उजागर गर्ने देखिन्छ । विशेषगरी उच्च रक्तचाप, मधुमेह, थायराइड र जन्डिस जस्ता रोगहरूको नियन्त्रणका लागि सिप्लिकान निकै लाभदायक मानिन्छ ।

मिर्गौलाको पत्थरीसम्बन्धी समस्यामा यसको सेवनले रामवाणको काम गर्ने विश्वास गरिन्छ भने पेटको कृमि नष्ट गर्न र पाचन प्रणालीलाई बलियो बनाउन पनि यो उत्तिकै उपयोगी छ ।

सिप्लिकानको प्रयोग मुख्यतः यसको कलिलो मुना, पात र फूलका माध्यमबाट गरिन्छ । यसलाई अन्य सागपात जस्तै पकाएर तरकारीको रूपमा वा टर्रो स्वाद कम गर्न उमालेर अचार बनाएर खान सकिन्छ । दीर्घकालीन प्रयोगका लागि यसको पातलाई गुन्द्रुक बनाएर भण्डारण गर्ने परम्परागत चलन पनि छ । यसको प्राकृतिक तितोपन घटाउन पातलाई रातभरि पानीमा भिजाउने वा केही मिनेट उमालेर पानी फाल्ने गरिन्छ ।

नेपालमा अचेल सिप्लिकानको व्यावसायिक खेतीप्रति आकर्षण बढ्दो छ, विशेषगरी मध्य–पहाडी जिल्लाहरू यसका लागि उपयुक्त मानिन्छन् । वर्षाको समयमा लगाइने यो बिरुवा एकपटक रोपेपछि ४ पुस्तासम्म निरन्तर उत्पादन लिन सकिने हुनाले यो आर्थिक रूपमा पनि फाइदाजनक छ । यस खेतीको सबैभन्दा ठुलो सबल पक्ष भनेको यसलाई बाँदरले क्षति पु¥याउँदैन, त्यसैले बाँदर आतंक भएको ठाउँका लागि यो एक उत्तम कृषि विकल्प हुन सक्छ ।
यस्तै खेतीकै क्रममा यसको रूखलाई अन्य लहरे तरकारीहरूका लागि बलियो थाँक्रोको रूपमा समेत प्रयोग गर्न सकिन्छ, जसले गर्दा किसानहरूले एउटै जमिनबाट बहुखेतीसमेत गर्न सकिन्छ ।

०००

सिप्लिकानको औषधीय गुण

दन्त समस्यामा फाइदा : सिप्लिकानको फूल चपाउँदा मुखभित्र झनझनाहट र लार स्राव बढ्छ, जसले मुख सफा राख्न मद्दत गर्छ । यो गिजाको सुजन, दुखाइ र दाँत दुखाइ कम गर्न अत्यन्त प्रभावकारी हुन्छ ।

प्रतिरक्षा प्रणाली बलियो पार्ने : यसमा पाइने स्पिलान्थोल नामक तत्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

घाउ निको पार्न सहयोगी : यसको पात र फूलको लेप बनाएर छालामा लगाउँदा घाउ छिट्टै निको हुन्छ । यसले एन्टिसेप्टिकको रूपमा काम गर्छ ।

सर्दी, खोकी र ज्वरोमा लाभदायक : सिप्लिकानको क्वाथ बनाएर खाँदा ज्वरो, टन्सिल र सर्दी–खोकीमा राहत दिन्छ ।

सामान्य दुःखाइमा उपयोगी : यसको तेल बनाई शरीरको दुःखाइ भएको ठाउँमा मालिस गर्दा दुःखाइ कम हुन्छ ।

कृमिनाशक : पेटको कृमि नष्ट गर्न यसको प्रयोग गरिन्छ ।

कामोत्तेजक गुण : पारम्परिक रूपमा सिप्लिकानलाई यौन स्वास्थ्य सुधार गर्ने वनस्पतिका रूपमा पनि प्रयोग गर्ने गरेको पाइन्छ ।

सिप्लिकानलाई उच्च रक्तचाप, चिनीरोग, पिसाबसम्बन्धीलगायत रोगको औषधिका रूपमा प्रयोग गर्न सकिन्छ ।

००००

सिप्लिकान सेवन निकै फाइदाजनक छ : डा.उमा कोइराला, पोषणविद्

डा.उमा कोइराला, पोषणविद्

सिप्लिकान भिटामिन ‘ए’, ‘सी’ र आइरनजस्ता अत्यावश्यक पोषक तत्वहरूको राम्रो स्रोत पनि हो । भिटामिन ‘ए’ ले आँखाको स्वास्थ्य सुधार्छ भने भिटामिन ‘सी’ र आइरनले शरीरलाई ऊर्जाशील बनाउन र रक्तअल्पता हुनबाट जोगाउन मद्दत गर्दछ ।

सिप्लिकान जंगलमा आफैँ उम्रने रुख हो । यसको कलिलो मुना, पात र डाँठलाई सागको रूपमा पकाइन्छ । यसबाट अचार र गुन्द्रुकसमेत बनाएर खाने गरिन्छ । त्यसैले यसलाई जंगली सागपातको जातको वर्गमा राख्न सकिन्छ । पछिल्लो समय अलिअलि लगाउन थालेको पाइन्छ । सिप्लिकान खानु स्वास्थ्य र पोषणको दृष्टिले अति नै राम्रो मानिन्छ । यो सधैँ पाइँदैन, चैतदेखि वैशाख जेठसम्म खान उचित मानिन्छ । यतिबेला सिप्लिकान खाने सिजन हो । चियाको जस्तै पालुवा हुन्छ, त्यही पालुवा टिपेर खाने हो । छिप्पिएको सिप्लिकान खाइँदैन । त्यसैले सिप्लिकान खाने भनेको वर्षमा एकपटक मात्रै हो ।

खाँदा स्वादमा तितो भए पनि यो स्वास्थ्यका लागि फाइदाजनक सागमा पर्छ । हुन त सबै साग हाम्रो स्वास्थ्यका लागि राम्रो मानिन्छ । सामान्यतया यो उच्च रक्तचाप, चिनीरोग, पिसाबसम्बन्धी, आँखासम्बन्धी पनि राम्रो मानिन्छ । यसले भिटामिन ‘ए’ पनि प्रदान गर्ने भएकाले आँखाको स्वास्थ्यमा निकै लाभदायी मानिन्छ । भिटामिन ‘ए’ हाम्रो लागि अति नै महत्वपूर्ण मानिन्छ । यस्तै स्वास्थ्य विज्ञानले शरीर सुनिएमा यसले कम गर्छ भनेको छ ।

यसका साथै सिप्लिकान साग वर्गमा पर्ने भएकाले यसमा मिनरल पनि पाइन्छ । सिप्लिकान केवल स्वादिलो मात्र नभएर पोषक तत्वहरूको खानी हो । सिप्लिकानमा पाइने फाइबरले पाचन प्रणालीलाई मजबुत बनाउँछ । यसको नियमित सेवनले कब्जियतजस्ता समस्याबाट राहत मिल्नुका साथै समग्र पाचन शक्तिमा सुधार ल्याउँछ ।

सिप्लिकानमा रगतलाई शुद्ध पार्ने तत्वहरू पनि पाइन्छन् । यसले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न मद्दत गरी रगत सफा राख्न सहयोगी भूमिका खेल्छ । यस्तै सिप्लिकान भिटामिन ‘ए’, ‘सी’ र आइरनजस्ता अत्यावश्यक पोषक तत्वहरूको राम्रो स्रोत पनि हो । भिटामिन ‘ए’ ले आँखाको स्वास्थ्य सुधार्छ भने भिटामिन ‘सी’ र आइरनले शरीरलाई ऊर्जाशील बनाउन र रक्तअल्पता हुनबाट जोगाउन मद्दत गर्दछ । यसले शरिरलाई सन्तुलित राखनुको साथै शीतलता प्रदान गर्छ ।

अहिलेका सहरमा बस्ने नयाँ पुस्तालाई सिप्लिकान र यसको महत्वको बारेमा जानकारी छैन । गाउँमा पाइने भएकाले पुराना र गाउँबाट आएकाले खोजेर खान्छन् । उनीहरूलाई यसको महत्व पनि थाहा छ । तर विस्तार विस्तारै यो लोप हुने अवस्थामा छ । यो गर्मीमा पाइने भएकाले यसले सिजन अनुसारकै काम गर्छ । भनेको यसले शरीरको तापक्रमलाई सन्तुलित राख्ने काम गर्छ ।

सिप्लिकान निकै तितो हुने भएकाले कति मान्छे खान डराउँछन् । तर, यो खान डराउनु पर्दैन । किनभने, यो सधैँ खान मिल्दैन । चैतदेखि जेठको मध्यसम्म मात्रै खान उचित हुने भएकाले सधैँ खाइँदैन । यो समयमा पनि मान्छेले हरेक दिन अरू सागजस्तो नखाने भएकाले खान सकिन्छ । यो खाने भनेको थोरै मात्रामा अचारको रूपमा खाने हो । यसले स्वास्थ्यमा नकारात्मक असर पार्छ भन्ने बारेमा अध्ययन भइसकेको पनि पाइँदैन । यसको बोक्रासमेत स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

यसलाई अचारको रूपमा उसिनेर छोप, अमिलो राखेर खान सकिन्छ । यस्तै आलुमा मिसाएर पनि अचार बनाएर खान सकिन्छ । यसको तरकारी बनाएर पनि खान सकिन्छ । जसरी खाए पनि यसको फाइदा प्रचुर मात्रामा छ ।

प्रतिक्रिया