तस्बिरमार्फत तनहुँ चिनाइरहेका दिनेश

गुल्मी । सदरमुकाम तम्घासमा यही ११ वैशाखदेखि गुल्मी महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा सबैजसो स्टल व्यापारिक अर्थात् नाफामूलक प्रयोजनका छन् । तर सोही महोत्सवमा एक युवा, जसले फोटोमार्फत गुल्मी चिनाइरहेका छन् । गुल्मीदरबार गाउँपालिकाको चारपाला निवासी दिनेश बस्नेत सानैदेखि फोटोग्राफीमा रुचि राख्थे । उनले जिल्लाका धेरै धार्मिक तथा पर्यटकीय स्थलको तस्बिर खिचेका छन् । उनले खिचेका तस्बिर महोत्सवमा प्रदर्शनीका लागि राखेका छन् । उनले महोत्सवको मञ्च अगाडि जिल्लाका विभिन्न स्थानका २० तस्बिर प्रदर्शनीमा राखेका छन् ।

जसमा गुल्मीको नामकरण भएको गुल्मी चारपाला दरबार, जिल्लाको प्रमुख पर्यटकीयस्थल रेसुंगा यज्ञशाला, रेसुंगा टावर, रेसुंगा महापोखरी, रेसुंगाबाट देखिने हिमाल, भुवाने पार्क, तम्घास बजार, विभिन्न ठाउँबाट देखिने हिमशृंखला, चरचुरुंगीलगायतका तस्बिर छन् । सुरुसुरुमा उनले खिचेका तस्बिर राष्ट्रियस्तरका मिडियामा समेत आइरहेका थिए । त्यो देख्दा उनलाई फोटोग्राफीमा रुचि बढ्न थाल्यो र थप तस्बिर खिच्न थाल्यो । अन्ततः विनोदका साथी बर्दघाटका राज अधिकारीले महोत्सवमा फोटो प्रदर्शनी गर्ने सल्लाह दिए । उनको सल्लाहअनुसार दिनेशले फोटोमार्फत गुल्मी चिनाइरहेका छन् । प्रदर्शनीका लागि उनको व्यक्तिगत ४० हजार रुपैयाँ जति खर्च भएको छ । उनले भने, ‘पैसाभन्दा पनि गुल्मी चिनाउने मेरो प्रमुख उद्देश्य हो ।’

प्रतिक्रिया