गायक सुजन बराईलीले ल्याए पञ्चेबाजा ‘धौलागिरी शिर’

काठमाडौं । पर्वते गायक सुजन बराईलीले मौलिक पञ्चेबाजा गीत ‘धौलागिरी शिर’ ल्याएका छन् । यस गीतमा सुजन बराईली र चर्चित गायिका देवी घर्तीमगरको आवाज रहेको छ भने चर्चित सर्जक प्रल्हाद सुबेदीको शब्द, सुजन बराईलीको संगीत रहेको छ। गीतलाई रमेश सञ्चुरीले एरेञ्ज गरेका हुन् भने श्यामश्वेत रसाईलीले मिक्सिङ गरेका हुन् । यस गीतलाई पर्वतको मल्लाजमा छायांकन गरिएको हो ।

उक्त गीतको भिडियोमा कुमार केसीको निर्देशन रहेको छ भने अमृत चापागाईको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा सुजन बराईली, यशु भट्टराई, रियोश बराईली, करुणा नेपाली आदीको अभिनय रहेको छ। यस गीतलाई सुजन बराईलीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया