९०० भन्दा बढीको स्वास्थ्य परीक्षण

सुर्खेत । सल्यानको दार्मा गाउँपालिकामा भएको स्वास्थ्य शिविरमा ९०५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । दार्मा गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य शिविर ६ दिनसम्म सञ्चालन भएको थियो । ब्रिनोज कान स्याहार केन्द्र नेपालगन्ज र नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको थियो ।

शिविरमा कानसम्बन्धी समस्या भएका ५५३, मोतियाविन्दुको अप्रेसन गर्नुपर्ने १०५ र मुटु, सुगर र मृगौलासम्बन्धी समस्या भएकाले सेवा लिएको दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । शिविर सञ्चालनले उपचारका लागि नेपालगन्ज, दाङ तथा अन्य शहरका अस्पतालमा जान नसकेकाहरूलाई राहत भएको बताइएको छ । गाउँपालिकाको ६ वडाका स्वास्थ्यचौकीमा कान, आँखा, मुटु, सुगर र मिर्गौला रोगसम्बन्धी शिविरको सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया