
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार पाण्डेलाई पक्राउ गरेको जनाएको छ ।
ब्युरोको प्रमुख मनोज केसीले अनुसन्धानका लागि पाण्डेलाई कार्यालयमा ल्याइएको बताए । पूर्वमन्त्री समेत रहेका पाण्डे निर्माण व्यवसायी हुन् ।
सरकारी बोलपत्रको वेबसाइटमा पहुँच राखेर ठेक्का आफ्नो कम्पनीलाई पारेको कसुरमा उनलाई पक्राउ गरिएको हो । उनले २०७९ सालको निर्वाचनमा चितवन–३ बाट प्रतिनिधिसभाको सदस्य निर्वाचित भएका थिए ।
प्रतिक्रिया