पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखरामा बाजागाजासहित स्वागत (तस्विरहरु)

कास्की । पूर्वराजा ज्ञानेन्द्र शाह आज अपराह्न पोखरा आएका छन् । निजी भ्रमणका क्रममा उनी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिँदा उनका समर्थकहरूले विमानस्थलमा स्वागत गरेका छन् । पोखरामा पूर्वराजाको स्वागत र भ्रमण व्यवस्थापनका लागि समर्थकहरूले भ्रमण व्यवस्थापन समिति बनाएका छन् ।

राजतन्त्र समर्थकहरूले राष्ट्रिय झन्डा हातमा लिएर उनको स्वागत गरेका हुन् । विमानस्थल परिसरमा बाजागाजासहित पूर्वराजाको स्वागत गरिएको छ । उनी एक महिना पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा बस्ने भ्रमण व्यवस्थापन समितिका सदस्य अर्जुन खनालले जानकारी दिए ।

उनका अनुसार पोखरा बसाइका क्रममा पूर्वराजाले गण्डकी प्रदेशका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने छन् । त्यसैगरी उनले यहाँ बसाइका क्रममा विभिन्न व्यक्तिहरूसँग भेटघाटसमेत गर्ने तालिका रहेका भ्रमण व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया