
काठमाडौं । ईन्दिरा सानु थापाको पृथक गीत ‘हिमाली पाखैमा’ सार्वजनिक भएको छ । उक्त गीतमा प्रेमिल जोडीहरुको कथा समेट्ने कोसिस गरिनुका साथै राधाकृष्ण, मुनामदन को जोडीको तारिफ पनि गरिएको छ ।
राधाकृष्ण र मुना मदनको जस्तो जोडी बनाउने कुरा समाबेश गरिएको छ । साचो प्रेम सधै अमर रहन्छ भन्ने कुरा यस गीतले सन्देश दिन खोजेको गीतका गायक कृष्ण रेउलेले बताए ।
गायक कृष्ण रेउले र गायिका मेलिना राईको आवाज रहेको छ भने कृष्ण रेउलेकै शब्द, संगीत रहेको छ । सो गीतको भिडियोमा जेरी भण्डारीको कथा, निर्देशन, कोरियोग्राफी रहेको छ भने दिनेश पराजुलीको छायांकन, नविन घर्ती मगरको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा ईन्दिरा सानु थापा र पुर्ण बहादुर गन्धर्वको अभिनय रहेको छ । यस गीतलाई कृष्ण रेउलेको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया