राष्ट्रपति पौडेलले गरे संघीय संसदको दुवै सदनको अधिवेशन स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान हाललाई स्थगित गरेका छन् । आज बसेको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार राष्ट्रपतिबाट दुवै सदनको अधिवेशन हाललाई स्थगित गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

वैशाख ८ को मन्त्रिपरिषदको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख १७ गतेका लागि आह्वान गरेका थिए ।

‘राष्‍ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३–०१–०८ गतेको सिफारिसमा संवत् २०८३ साल वैशाख १७ गते बिहीबारका दिन १४ः०० बजे संघीय संसद भवन, सिहंदरबारमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्‍वान गरेकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३–०१–१० गतेको सिफारिस बमोजिम विशेष कारणवश संघीय संसदको दुवै सदनको उक्त अधिवेशन आह्‍वान हाललाई स्थगित गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया