चुनाव हारेका भूपदेव शाह बने रास्वपाको महामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) चुनाव हारेका ले भूपदेव शाहलाई महामन्त्री चयन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

शाह यसअघि पार्टीमा केन्द्रीय सदस्य थिए । काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले पद छाडेर रास्वपा प्रवेश गर्दा भूपदेव पनि उनीसँगै सचिवालयमा थिए । प्रमुख स्वकीय सचिव भएर काम गरेका उनी बालेनका निकट पात्र मानिन्छन् ।

शाह गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए । यद्यपि उनी निर्वाचनमा भने पराजित भएका थिए । चुनाव हारेका शाहलाई महामन्त्री बनाएर सरप्राइज दिएको हो ।

प्रतिक्रिया