रास्वपा केन्द्रीय समिति बैठकमा ९ एजेण्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकका लागि ९ वटा एजेण्डा तय गरिएको छ । आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको हो ।

प्रवक्ता झाले बैठक विशेषगरी साङ्गठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी तथा नीतिगत सुधारमा केन्द्रित रहने जानकारी दिए । बैठकमा पार्टीका गतिविधिबारे ब्रिफिङ तथा केन्द्रीय सदस्यहरूको रिपोर्टिङ हुनेछ ।

यस्तै, केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन, महाधिवेशन कार्यविधिको मस्यौदा, तथा पार्टी विधानमा गर्नुपर्ने संशोधनका विषयमा पनि छलफल हुनेछ ।
बैठकले सचिवालयले गरेका निर्णयहरूलाई अनुमोदन गर्नुका साथै विभिन्न विषयमा निर्णय लिनेछ।

यस्तो छ केन्द्रीय समिति बैठकको प्रस्तावित कार्यसूची–

१) पार्टी गतिविधि व्रिफिङ ।


२) केन्द्रीय सदस्यहरुको रिपोर्टिङ । (२० जना २ मिनेटका दरमा)


३) केन्द्रीय समिति पदाधिकारी मनोनयन सम्बन्धमा ।


४) महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा ।


५) विधान संशोधन सम्बन्धमा ।


६) स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आब्हान सम्बन्धमा ।


७) प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा ।


८) सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा ।


९) विविधः


क) विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा ।


ख) विषयगत विभागको योजना तयारी र नीति मन्थन सम्बन्धमा निर्देशन ।


ग) संसदीय दलको विधान संशोधन सम्बन्धमा ।

प्रतिक्रिया