गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न माग गरेको छ । गृहमन्त्री गुरुङ विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएपछि उनलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरेको हो । मन्त्री गुरुङमाथि लागेका आरोपहरुमा निष्पक्ष छानबिन हुनुपर्ने माग पनि गरिएको छ ।

प्रवक्ता विजय शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पदमै रहेर अनुसन्धान गर्न गाह्रो हुन्छ र न्याय प्रक्रियामै समस्या आउँछ ।’ मुभमेन्टले भनेको छ, ‘मन्त्री कसलाई बनाउने भन्ने विषय गम्भीर विषय हो, वर्तमान सरकारले परिपक्व, नेतृत्वदायी र दूरदर्शिता देखाउनै पर्छ ।’

मुभमेन्टले ७६ जनाको रगतले आएको परिवर्तनमा दोषी देखिएका, आरोप लागेकाहरु न्यायको कठघरामा आउनु पर्ने बताएको छ । उसले सरकारलाई पद, शक्ति र राजनीतिक संरक्षण कसैलाई हुन नहुने बताएको छ ।

गृहमन्त्री गुरुङ विभिन्न आरोपहरुमा मुछिँदै आएका छन् । उनी केही दिनअघि पक्राउ परेका विचौलीया भनेर चिनिने दिपक भट्टसँग जोडिएर शेयर कारोबार गरेको आरोपमा प्रश्न उठिरहेको छ ।

प्रतिक्रिया