संसदीय दलको नेता चयन गर्न कांग्रेस सांसदहरुको छलफल जारी

काठमाडौं । संसदीय दलको नेता चयन गर्न सिंहदरबारमा नेपाली कांग्रेसका सांसदहरुको अहिले छलफल जारी छ । केही केर अगाडिबाट सिंहदरबारस्थित संसदीय दल कार्यालयमा सुरु भएको बैठकमा कांग्रेस सांसदहरुको बैठक बसिरहेको हो ।

कांग्रेसमा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, योगेश गौचन थकाली, निश्कल राई, बासना थापालगायत संसदीय दल नेताका आकांक्षी छन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपाति गरिु कांग्रेसका ३८ जना सांसदहरु निर्वाचित भएका थिए ।

निर्वाचन सम्पन्न भएको लामो समय हुँदा पनि कांग्रेसले अहिलेसम्म संसदीय दल नेता चयन गरिसकेको छैन । आजको बैठकले संसदीय दलको नेता चयन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया