राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रास्वपाका हरि ढकाल निर्विरोध

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

ढकालको मात्र मनोनयन दर्ता भएपछि सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । उनले बिहीबार सांसद पुरुषोत्तम शुप्रभात यादवको प्रस्ताव र सांसद श्रद्धा कुँवरको समर्थनमा सभापतिका लागि मनोनयन दर्ता गरेका थिए ।

निर्वाचनपछि प्रतिक्रिया दिँदै सभापति ढकालले समितिलाई दलगत सीमाभन्दा माथि उठाएर प्रभावकारी ढंगले सञ्चालन गर्ने बताएका छन् । विगतमा विभिन्न कारणले समितिहरू प्रभावकारी रूपमा चल्न नसकेको उल्लेख गर्दै उनले अब त्यो अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया