शिक्षा समितिको सभापतिमा रास्वपाकी ओजस्वी शेरचन विजयी

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. ओजस्वी शेरचन विजयी भएकी छन् ।

आज भएको निर्वाचनमा एमालेका उम्मेदवार गुरु बराल अल्पमतमा परेपछि शेरचनलाई विजयी घोषणा गरिएको हो । बराललाई कांग्रेस र नेकपाको समर्थन भए पनि जितको लागि पर्याप्त भएन ।

शेरचन विजयी भएपछि बरालले बधाई दिए । आजको बैठक ज्येष्ठ सदस्य महावीर पुनको अध्यक्षतामा बसेको थियो । विजयी भएपछि महावीर पुनलगायत सदस्यहरुले पनि शेरचनलाई बधार्य दिएका थिए ।

प्रतिक्रिया