सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसबाट भरत खड्का उम्मेदवार

काठमाडौं । सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसले सांसद भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ । डोटीबाट निर्वाचित सांसद खड्कालाई अघि सार्ने सर्वसम्मत निर्णय भएको सांसद भीष्मराज आङ्देम्बेले बताए ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि प्रमुख प्रतिपक्षीलाई लेखा समिति सभापति दिने निर्णय गरिसकेको छ । एमाले र नेकपाले पनि लेखा समितिमा कांग्रेसलाई सघाउने निर्णय गरिसकेकाले खड्का सभापति बन्ने निश्चित छ ।

आज दिउँसो १ देखि ४ बजेसम्म सपभातिमा उम्मेदवारी दर्ताको समय तोकिएको संघीय संसद् सचिवालयले जनाएको छ । आजै दिउँसो साढे ४ बजे उम्मेदवारको सूची प्रकाशन गरिने छ । संसदीय समितिका सभापतिका लागि शुक्रबार निर्वाचन हुँदै छ।

प्रतिक्रिया