रास्वपाले टुंग्यायो विभिन्न संसदीय समिति सभापतिका उम्मेदवार (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न संसदीय समितिको सभापतिका उम्मेदवार टुंगो लगाएको छ । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुंग्याएको हो ।

सार्वजनिक लेखा समितिको सभापति भने रास्वपाले प्रमुख प्रतिपक्ष दललाई दिने भएको छ । संसदीय समितिहरुको निर्वाचन शुक्रबार हुँदै छ । आज त्यसका लागि उम्मेदवारी दर्ता हुँदै छ । रास्वपाले कानून, न्याय तथा मानवअधिकार समिति– समीक्षा बाँस्कोटालाई सभापति दिएको छ ।

त्यसैगरी पूर्वाधार विकास समिति सभापतिको उम्मेदवार आशिष गजुरेलाई बनाएको छ भने राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल सभापतिको उम्मेदवार बनेका छन् ।

त्यसैगरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी, सार्वजनिक लेखा समिति– प्रतिपक्ष दल, महिला तथा सामाजिक मामिला समिति– आकृति अवस्थी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति–रहबर अन्सारी,
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– ओस्वी शेरचन, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्निमा उदास,
अर्थ समिति– कृष्णहरि बुढाथोकी, संसदीय सुनुवाइ समिति– बोध नारायण श्रेष्ठ, राज्यका निर्देशक सिुद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुमगन तथा तथा मूल्यांकन–गणेश कार्की रहेका छन् ।

यस्तो छ उम्मेदवारको सूची

प्रतिक्रिया