पोखराबाट लागूऔषधसहित एक जना पक्राउ

कास्की । प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–३ तेस्रापट्टीबाट लागूऔषध डाइजेपाम ३८ एम्पुल, बुप्रेनोफिन ४१ एम्पुल र फेनारगन ३७ एम्पुलसहित सोही महानगरपालिका–१६ बाटुलेचौर बस्ने पाल्पाको तानसेन घर भएका ४५ वर्षीय सन्जय श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट नदीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया