
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काइएको छ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि कुटपिट र बूढानीलकण्ठस्थित घरमा आगजनी भएको थियो ।
आगजनीमा परेको उक्त घरका कतिपय संरचनाहरू हिजोआज धमाधम भत्काइएको छ भने केही संरचना मर्मत गर्न लागेको देखिन्छ ।
आगजनीले पूर्ण रूपमा क्षति पुगेको संरचनाहरू भत्काइएको हो । देउवाले छोराको विवाह गर्नुअघि यो घर मर्मतसमेत गरेका थिए । देउवाको परिवार महाराजगञ्जमा घर भाडामा लिएर बस्दै आएका छन् ।
भिडियाे : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया