
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले हरेक वर्ष २५९० भन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको दाबी गरेको छ । बैंकको १८औँ वार्षिक साधारणसभाको अवसरमा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले ७० वटा न्यानो नानीमार्फत हरेक वर्ष २५९० भन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको दाबी गरेका हुन् ।
उनले भने, ‘नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको वीजारोपण गरेको छ ।’ उनले आर्थिक वर्ष २०८१/०८२ मा ४१ करोड रुपैयाँ करमा योगदान पु¥याएको बताए । बैंकको हालको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
बैंकको १८औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको आव २०८१/०८२ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने प्रस्ताव छलफल गरी पारित गरेको छ । सभाले बैंकको आव २०८२/०८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गरेको छ ।
प्रतिक्रिया