नवलपुर–१ मा कांग्रेसका उम्मेदवार बालकृष्ण घिमिरेको चुनावी घर्च १९ लाख २ हजार

नवलपुर । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलबाट उम्मेदवार बनेका नेताहरुले आ–आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नेक्रम जारी छ । सोहीअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर) क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका बालकृष्ण घिमिरेले पनि आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

उनले बुधबार सार्वजनिक गरेको निर्वाचन खर्च विवरण अनुसार रू १९ लाख २ हजार खर्च भएको छ । तर, घिमिरे भने पराजित भएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजन गौतमले पराजित गरेका हुन् ।

नेता घिमिरे नवलपुर विकासको खाका लिएर मतदाताको घरदैलोमा पुगेका थिए । साविक भारतीपुर हाल बुलिङटार गाउँपालिका–६ मा जन्मिएर कावासोतीलाई कर्मथलो बनाएका घिमिरे पहाडको विकटता र तराईको सम्भावनालाई नजिकबाट नियाल्ने नेताका रुपमा चिनिन्छन् ।

घिमिरेले अस्पतालको रूपान्तरण अनुसार मध्यविन्दु प्रादेशिक अस्पतालको अध्यक्ष हुँदा उनले गरेको प्रशासनिक सुधार र सेवा विस्तारलाई नवलपुरवासीले बिर्सिएका छैनन् ।

बौद्धिक छवि र एक अधिवक्ता तथा प्राध्यापकका रूपमा उनको दुई दशक लामो अनुभवले उनलाई नीति निर्माण तहमा प्रभावकारी भूमिका खेल्न सक्ने योग्य नेताका रुपमा हेरिन्छ ।

स्थानीय उपलब्धता र १८ वर्षसम्म बाहिरी जिल्लाका उम्मेदवारलाई जिताएका मतदाताहरू यसपटक आफ्नै घरआँगनमा भेटिने र सुख–दुःखमा साथ दिने नेता पाउँदा उत्साहित भएका थिए ।

तर, उनको पहिलो राजनीतिक संसदीय यात्रामा ब्रेक लागेपछि धेरै स्थानीय जनतामा निरासा देखिएको छ । बुलिङटारको पहाडी काखमा हुर्किएका घिमिरेले पहाडी क्षेत्रको सडक, शिक्षा र स्वास्थ्यको अभावलाई आफ्नै पीडाका रूपमा लिने गर्छन् ।

प्रतिक्रिया