
नवलपुर । पूर्वी नवलपरासीको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको किल्ला भत्काउदै राष्ट्रिय स्वतन्त्र पार्टीको उमेदवार राजन गौतम प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन । गौतमले ५० हजार ९ सय ४५ मत प्राप्त गरी विजय भएका हुन । गौतमले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण घिमिरेलाई ३४ हजार ६ सय ५२ मतको फराकिलो मतान्तरले पराजित गरेका छन ।
उनका निकटतम प्रतिद्वन्द्वी घिमिरेले १६ हजार २ सय ९३ मत ल्याएर दोस्रो स्थान हासिल गरेका छन भने नेकपा एमालेका भागीरथ सापकोटाले ९ हजार १ सय ३१ मत प्राप्त गर्दै तेस्रो स्थानमा र नेपाली कम्युनिष्ट पार्टीका लोक प्रसाद भूर्तेलले १ हजार २ सय ४५ मत प्राप्त गरी चौथो स्थानमा रहेका छन ।
यस अघिका सबै निर्वाचनमा नेपाली कांग्रेसले एकछत्र राज गर्दै आएको पूर्वी नवलपरासीको क्षेत्र नं १ मा २०६४ साल यताका सबै निर्वाचनमा नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले जित हासिल गर्दै आइरहेका थिए । यस पटक कांग्रेसले कोइरालाको ठाउमा घिमिरेलाई आफ्नो उमेदवारका रुपमा चुनावी मैदानमा उतारेको थियो ।

नवलपुर (पूर्वी नवलपरासी)
प्रतिक्रिया