म्युजियम अफ द मुभिङ इमेजमा एक्लो

काठमाडौँ । फिल्म ‘एक्लो’ अमेरिकाको न्युयोर्कस्थित म्युजियम अफ द मुभिङ इमेजमा प्रिमियर हुने भएको छ । यहाँ यसअघि क्रिस्टोफर नोलन फिल्म, मार्टिन स्कोर्सेजी, मार्भल स्टुडियोज, ब्राड पिट, लियोनार्डो डिक्याप्रियो, टम ह्यांक्स, मेरिल स्ट्रिपका फिल्महरू प्रिमियर भएका छन् । यहाँ २८ डिसेम्बरमा पहिलोपटक कुनै पनि नेपाली फिल्मको प्रिमियर हुन लागेको हो ।

प्रिमियरमा फिल्मका निर्देशक प्रदीप शाही, अभिनेता प्रदीप खड्का, विजय लामा, बेनिशा हमाल र कविता नेपाली सहभागी हुनेछन् । निर्देशक शाहीले म्युजियम अफ द मुभिङ इमेजको हलमै फिल्म प्रदर्शन हुनु नेपाली फिल्मका लागि सम्मानको विषय भएको बताए । साइन्स–फिक्सनमा आधारित फिल्म आगामी १७ पुसदेखि नेपालसहित विश्व बजारमा प्रदर्शनमा आउने तयारीमा छ ।

फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवनराज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहको अभिनय छ । फिल्ममा बेलायती अभिनेता जेमी बेकनको पनि अभिनय छ । एनआरएन समूहको लगानीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् ।

प्रतिक्रिया