
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ । विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलन दमन गर्न घातक बल प्रयोग र मानवताविरोधी अपराध गरेको अभियोगमा बंगलादेशको विशेष अदालतले सत्ताच्युत प्रधानमन्त्री हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला आज सोमबार सुनाएको हो ।
बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्यूनल (आईसीटी) ले सोमबार उनीसहित उनको मन्त्रिपरिषद्मा आन्तरिक मामिलामन्त्री असदुज्जमान खान कमल र तात्कालिक प्रहरी प्रमुख चौधरी अबुल्लाह अल–मामुनलाई गत वर्षका घटनामा दोषी ठहर गरेको हो । इजलासको अध्यक्षता गरेका न्यायाधीशले उनीहरूविरुद्ध परेका सबै अभियोग र प्रहरी कारबाहीका क्रममा भएको हिंसा सविस्तार पढेर सुनाएका थिए ।
सत्ताच्युत भएपछि हसिना अहिले भारतमा रहेकी छन् । उक्त विशेष अदालतमा उनको अनुपस्थितिमै मुद्दा चलेको हो। उनले आफूविरुद्धका सबै आरोप अस्वीकार गर्दै आएकी छन् ।
प्रतिक्रिया