इजरायल-हमास सम्झौताको संयुक्त राष्ट्रसंघका महासचिवकाे स्वागत

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा युद्धविराम र बन्धक रिहा गर्न इजरायल र हमासबीच भएको सम्झौताको स्वागत गरेका छन् । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति स्थापनाका लागि हमास र इजरायलबीच सम्झौतामा हस्ताक्षर भएको बताएका थिए ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्कीको कूटनीतिक प्रयासको प्रशंसा गर्छु, जसले यो सम्भव बनायो । म सम्बन्धित सबै पक्षलाई सम्झौताका सर्तहरूको पूर्ण पालना गर्न आग्रह गर्दछु ।’

उनले अगाडि लेखेका छन्, ‘सबै बन्धकहरूलाई सम्मानजनक तरिकाले रिहा गरिनुपर्छ । स्थायी युद्धविराम सुनिश्चित गरिनुपर्छ । लडाइँ सधैँका लागि समाप्त हुनुपर्छ ।’

प्रतिक्रिया