
काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित भकुण्डेबेसीमा नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्दा ठूलो परिमाणमा सुन र नगदसहित एक युवकलाई पक्राउ गरेकाे छ ।
शुक्रबार काठडाैंबाट सिराहातर्फ जाँदै गरेको बाप्र ०१–००६ ख ९१७३ नम्बरको इलेक्ट्रिक (EV) गाडीलाई चेकजाँच गर्ने क्रममा सुन र नगदसहित युवकलाई पक्राउ गरिएको हो ।
सिराहा जिल्ला गमरिया नगरपालिका–२ निवासी १८ वर्षीय नरेश कुमार यादवको साथमा रहेको झोलाबाट स्रोत नखुलेको रु ३,५०,३०० नगदसहित विभिन्न गरगहना फेला परेको प्रहरीले जनाएको छ ।
यस्ताे छ बरामद गरगहनाको विवरण
छड्के तिलहरी – १ थान (७.५ लाल), मूल्य: रु. १,६१,८८८.१२ मंगलसूत्र – १ थान (१२.६ लाल), मूल्य: रु. २,५९,०२१ बेरुवा औँठी – १ थान (६.३३ लाल), मूल्य: रु. ३,०३,९७९.६४, सिक्री– ३ थान (२.३२ तोला), मूल्य: रु. ५,०१,२०५.६३ गरि कुल मूल्य: रु. १२,२६,०९४.३९ (बाह्र लाख छब्बिस हजार चौरानब्बे रुपैंया उनन्चालिस पैसा रहेकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका यादवकाे सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एक अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया